Listen Live: 

क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत थिङ तमाङले उद्योग र कलकारखा खोल्ने बिषय आफ्नो प्राथमिकतामा

Radio Chitwan
बुधबार, कार्तिक २, २०७९

चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत थिङ तमाङले उद्योग र कलकारखा खोल्ने बिषय आफ्नो प्राथमिकतामा रहने बताएका छ्न् ।

लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेका तामाङले देशमा बढ्दो बेरोजगारी हटाउनका लागि उद्योग र कलकारखा खोल्न आफूले जोड दिने बताए । उद्योग र कलकारखा स्थापनापछि रोजगारीका लागि ठूलो संख्यामा युवाहरु विदेशिने क्रम रोकिने उनको भनाइ छ ।

यस्तै युवाहरुलाई आत्मनिर्भर बनाउन रोजगारमूलक कार्यक्रमहरु सञ्चालन गर्ने पनि आफ्नो योजना रहेको उनले सुनाए । उनले भूमिहिन सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था र हरेक क्षेत्रलाई समयानुसार डिजिटलाईज गर्न आफू लागी पर्ने बताए । नारायणी नदीलाई देशकै नमूना पर्यटकीयस्थलको रुपमा बिकास गर्ने योजना आफूसँग रहेको उनले बताए ।

डाँडा पाखा, खोलानाला, झरना, वन जङ्गललाई व्यवस्थित गरी पर्यटकीय स्थलको रुपमा बिकास गरेर देशको आर्थिक बिकासको योजना अघि सार्ने तामाङले बताए । जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मजदुरको अनिवार्य बीमा, दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई रोजगारी, नि:शुल्क स्वास्थ्य शिक्षा र सडक पेटीमा बास बसेर जीविकोपार्जन गर्ने विपन्न गरीबलाई राज्यको पहुँचमा पुर्‍याउने उनले बताए । व्यवसाय गर्न चाहनेहरुलाई सहज तरिकाले ॠण उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।

राजनीतिक प्रणालीमा सुधारको लागि पनि निरन्तर खबरदारी गर्ने उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी, डिजिटल निर्वाचन प्रणाली, प्रत्याह्वानको अधिकार, भ्रष्टचार अन्त्यका लागि डिजिटल प्रविधिको प्रयोग र राज्यको हरेक निकायमा समानुपातिक समावेशीकरण अनिवार्य गर्ने उनले बताए ।

दिर्घकालिन योजनासहित बिकास निर्माणकोक काम जनताको सेवा गर्नका लागि आफू चुनावी मैदानमा होमिएको उनको भनाइ छ । जनताको मन र मत जित्नेमा आफू विश्वस्त रहेको उनले बताए । उनले चितवनबासीलाई तिहारको शुभकामना समेत व्यक्त गरेका छन् । भरतपुर ११ भोजाड निवासी तामाङ निर्माण व्यवसायी तथा चलचित्रकर्मी हुन् ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram