कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सरकारी अस्पताल विपन्नमुखी हुनु पर्ने - प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठ

चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले सरकारी अस्पताल विपन्नमुखी हुनु पर्ने बताएका छन् । बुधबार भरतपुरमा आयोजित स्वास्थ्कर्मीसंँगको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले समयसापेक्ष सरकारी अस्पतालका ेसेवा गुणस्तरीय हुनुपर्ने बताएका हुन् ।यहांँको भरतपुर अस्पताल, क्यान्सर अस्पतालको महत्व धेरै छ तर यी अस्पताल विपन्नमुखी छन् कि छैनन् ? त्यो हेर्नु जरुरी छ’ उनले भने । जनतासंँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संस्थाहरुमा गुणस्तरीय स्वास्थ्य सेवा न्यून शुल्कमा उपलब्ध हुनुपर्ने उनको भनाइ थियो ।

उनले स्वास्थ्य क्षेत्रमा आफ्नो उत्तिकै अनुभव रहेको र स्वास्थ्य राज्यमन्त्री भएर उदाहरणीय काम गरिसकेकाले सरकारी अस्पतालहरुलाई गुणस्तरीय र सुविधासम्पन्न बनाउने विषयमा आफूले पहल गर्ने बताए । सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सेवामुखी हुनुपर्ने भन्दै उनले गुणस्तरीय स्वास्थ्य प्रदान गर्नमा उनीहरुको भूमिका महत्वपूर्ण हुने बताए । आफूले विदेश भ्रमण गर्नेक्रममा त्यहांँ शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास देखेको भन्दै उनले यसलाई व्यवहारमा उतार्न उम्मेदवारी दिएको बताए । जुनसुकै क्षेत्रमा काम गर्न पनि ईच्छाशक्ति र प्रतिबद्धता आवश्यकता रहेको भन्दै उनले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिबिना देश समृद्धितर्फ लम्किन नसक्ने बताए । सरकारले लागु गरेको स्वास्थ्य बीमा त्यति प्रभावकारी नभएकोले यो कार्यक्रम गरिबलक्षित गर्नुपर्नेमा उनले जोड दिए । ।।।गरिबलाई पनि उही स्वास्थ्य बीमा धनीलाई पनि उही नियम, यसलाई करेक्सन गर्नुपर्ने देखिन्छ’ उनले भने । स्वास्थ्य बीमामा सरकारको करोडौं रुपैयाँ लगानी भएको भन्दै उनले यसको सदुपयोग गर्नुपर्ने बताए । कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीले सरकारबाटै अस्पतालको स्तरोन्नति र व्यवस्थापनको लागि नीति निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]