सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
आफूले हार्नु भनेको तनहुँले हारेको जस्तै - वरिष्ठ नेता रामचन्द्र पौडेल

कार्तिक १
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा मंगलबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले विकास निर्माणका लागि राजनीति गरेको बताए । उनले भने, ‘अहिलेसम्मको उपलब्धि खतरामा परेपछि कस्तो अवस्थामा गठबन्धन निर्माण भएको सबैलाई थाहा छ । हामीले संविधान, लोकतन्त्र र गणतन्त्रलाई बचाउन गठबन्धन गरेका हौँ ।’
समयसँग आवश्यकता बढ्दै जाने भएकाले क्रमबद्ध रूपमा विकास निर्माणलाई अगाडि बढाएको पौडेलको भनाइ थियो । ‘हामीले सकेको गरेको छौँ विकासकै लागि हामीले राजनीति गरेका हौँ । विकासविनाको राजनीति खोक्रो हुन्छ’ उनले भने, ‘हामीले राजनीति जोगाएर विकास गरेका छौँ । एकैचोटि सबै कुरा हुँदैन । आवश्यकता बढ्दै जान्छ त्यही अनुसार काम अगाडि बढाउनुपर्छ ।’
उनले आफूले हार्नु भनेको तनहुँले हारेको जस्तै भएकाले भोट माग्न आवश्यक नभएको जिकिर गरे । ‘तनहुँ भनेको मेरो आफ्नो घर हो । त्यसैले भोट माग्नुपर्छ जस्तो लाग्दैन । तपाईंहरूले आफैँलाई जिताउनु हो । आफैँलाई हराउनु हो । त्यसैले भोट माग्ने कुरा होइन । मिलेर काम गर्ने हो’ पौडेलले भने ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]