कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
निर्वाचन सुरक्षाको लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं , गृह मन्त्रालयले निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्था लागू गरेको छ । आगामी संसदीय निर्वाचनका लागि प्रक्रिया सुरु भएसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको हो । मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन् ।
मन्त्रालयका अनुसार मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन् ।
निर्वाचन सुरक्षा रणनीतिअनुसार एक लाख १५ हजार म्यादी प्रहरीसहित करिब तीन लाख सुरक्षाकर्मी परिचालन हुनेछन् । आइतबार उमेदवारी दर्ता भएसँगै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षाका लागि देशभर सशस्त्र प्रहरी बल परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गरी सुरक्षा संयन्त्र प्रभाजकारी बनाउनका लागि निर्देशन दिएको छ । सुरक्षासँगै विभिन्न दलको प्रचार कार्यक्रम नजुध्ने गरी स्थान व्यवस्था गर्न पनि प्रमुख जिल्ला अधिकारीले निर्देशन पाएका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]