कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
दुई जना डाक्टरले राजिनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता

चितवन,असोज २३(
चितवन क्षेत्र नं १ र ३ मा दुई जना डाक्टरले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने हुनुभएको छ । आयोगका उपाध्यक्ष डा विश्व पौडेलले चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ भने डा भोजराज अधिकारीले भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर क्षेत्र नं ३ मा उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ।
पौडेल नेपाली कांग्रेसका तर्फबाट र अधिकारी नेकपा ९माओवादी केन्द्र०का तर्फबाट उम्मेदवार बन्न लाग्नुभएको हो । पौडेलले दसैँअघि नै असोज २० गतेदेखि लागू हुनेगरी राजिनामा दिइसकेको बताउनुभएको छ ।
अधिकारीले आजै राजिनामा दिनुभएको हो । पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएको हो भने अधिकारी फिजिसियन हुनुहुन्छ । उहाँहरुले आज खैरहनी र रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्दै हुनुहन्छ ।रासस


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]