Listen Live: 

पेवा साकोस रत्ननगरकोे अध्यक्षमा नवराज तिमल्सिना निर्वाचित

Radio Chitwan
शुक्रबार, अशोज ७, २०७९

रत्ननगर असोज ७-
पेवा बचत तथा त्रृण सहकारी संस्थाको बिहिबार १० औं वार्षिक साधरण सभा तथा चौंथो अधिवेशन सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा संस्थाको आफ्नै भवनमा सम्पन्न भएको थियो । अधिवेशनमा संचालक समिति तथा लेखा सुपरिेबेक्षण समिति पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै अध्यक्षमा नवराज तिमल्सिना, उपाध्यक्ष मधुसूदन लामिछाने, सचिव शिवलाल श्रेष्ठ, कोषाध्यक्ष अरुण शिवाकोटी चयन भएका छन् ।

सदस्यहरुमा तारा प्रसाद दुवाडी, बालकृष्ण दाहाल, ठाकुर प्रसाद पन्त, शर्मिला लामिछाने, सुवास दाहाल चयन भएका छन् । त्यस्तै संयोजक माधव खतिवडा, सदस्य शान्तमणी अधिकारी र पदम नारायण पौडेल चयन भएका छन् ।
पुर्वराज्य शिक्षामन्त्री शेषनथ अधिकारी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द भट्टराईले वार्षिक प्रतिवेन प्रस्तुत गरेका थिए । उनले ४ वर्ष व्यावसायिक रणनितीक कार्य योजना प्रस्तुत गर्दे शेयर पुँजि १३ करोड, बचत ९३ करोड, कुल सम्पति १ सय २३ करोड योजना प्रस्तुत गरेका थिए ।


उक्त कार्यक्रममा लेखा समिति संयोजक अरुण कुमार सिवाकोटिले लेखा सुपरिवेक्षक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले उत्कृष्ट कर्मचारी रन्जिता पन्थ र सन्तोष नेपाललाई सम्मान गरिएको थियो । साथै जेष्ठ नागरीक नन्दलाल देवकोटा, घनश्याम खनाल, रामचन्द्र पण्डित, टेक बहादुर चापागाई, मान बहादुर चापागाई, बहादुर श्रेत्री नेपाल र भवनाथ गजुरेलार्ई सम्मान गरिएको संस्थाका व्यवस्थापक किशोर भट्टराईले जानकारी दिएको थियो । त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष्य मधुसुदन लामिछाने, वडा अध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, पिठुवा डायरी संञ्चालक समितिका सल्लाहाकार गजेन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै उत्कृष्ट बचत कर्ता वडा नं. २ का लाल बहादुर राणा, सविता कुमारी बस्नेत, दिपक पौडेल, लगायतको रहेका छन् । कार्यक्रम सञ्चालन संस्थाका सचिव सिवलाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने संस्थाका अध्यक्ष भट्टराईले कार्यक्रम समापन गर्नुभएको थियो ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram