चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
चितवनको कालिकामा खुल्ला नकआउट फुटबल प्रतियोगिता आज देखि सुरु

चितवन, असोज १-
कालिका नगरपालिकामा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । कालिका वडा नं १ गडुवा लालिगँुरास टोल विकास संस्थाको आयोजनामा आजबाट खेल सुरु भएको हो । कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मि प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उँहाले खेलाडिहरुलाई बल हस्तान्तर गरेपछि खेल सुरु भएको हो । आज – शनिवार) देखि सुरु भएको खेल १६ गते सम्म सञ्चालन हुने छ । उक्त कार्यक्रममा उपप्रमुख बिमला तमाङ्ग, बिशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।
त्यस्तै वडा नं १ का वडा अध्यक्ष सन्तबिर स्या ङतान,रत्ननगर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष श्याम कुमार श्रेष्ठ, लालिगँुरास टोल बिकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, समाज सेवी रमाकान्त पौडेल, पेन्गुइन कन्सल्टेन्सीका प्रमुख सुदिप भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक जिवन थापामगरले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।प्रतियोगिताको उद्घाटन खेलमा आज सशस्त्र एपि एस भण्डराले जिरौना क्लबलार्ई २–१ ले हराएको छ ।
खेलकुद संयोजक जीवन थापा मगरका अनुसार प्रथम हुने समुहलाई २ लाख २२ हजार २२, दोस्रो हुने समुहलाई १ लाख ११ हजार ११ नगद पुरस्कार साथै शिल्ड, कप मेडल र प्रमाण पत्रको व्यवस्था गरेको बताएका छन् ।


नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]