कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
पेवा साकोसको १० औं वार्षिक उत्सव तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रत्ननगर, भदौ २७
पेवा बचत तथा त्रृण सहकारी संस्थाले आज वार्षीक उत्सव मनाएको छ । पेवा साकोसले १० औं वार्षिक उत्सव तथा अन्तरक्रिया कार्यक्रम मनाएको हो । रत्ननगर नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
साथै उक्त कार्यक्रममा बिशिष्ट अथितीको रुपमा संस्थाको पुर्व अध्यक्ष एवं स्काईराईडर स्कुलका प्रिन्सीपल मदन पुरी, उपाध्यक्ष मधुसुदन लामिछाने, लेखा संयोजक अरुण कुमार सिवाकोटी, सदस्य महेन्द्र घिमिरे लगायतले संस्थाको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका व्यवस्थापक किशोर भट्टराईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन संस्थाका सचिव शिबलाल श्रेष्ठले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष गोबिन्द प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।





काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]