Listen Live: 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री खनाल द्धारा जिल्ला आयुर्वेद अस्पतालमा एक्सरे सेवाको शुभारम्भ

Radio Chitwan
आइतवार, भदौ ५, २०७९

रत्ननगर, भदौ ५
चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (अस्पताल) मा एक्सरे सेवा सुरु गरिएको छ । प्रदेश स्तरको सो केन्द्रको उपचारलाई थप प्रभावकारी बनाउन एक्सरे सेवा सुरु गरिएको हो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले एक औपचारिक कार्यक्रमका बीच एक्सरे सेवाको शुभारम्भ गरेका हुन । बागमती प्रदेश अन्तर्गत पूर्वाधार, स्वास्थ्य प्रवर्धन तथा कोभिड पुनस्र्थापन साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्य उपकरण खरिद शीर्षकमा बिनियोजित २० लाख रकमबाट सो उपकरण खरिद गरिएको कार्यालय प्रमुख डा. कोपिला अधिकारीले जानकारी दिइन ।

सेवा केन्द्रमा भिडियो एक्सरे सेवा थप भएपछि पेटका रोगहरु, पुरुष संग सम्बन्धित रोग, महिलाको पाठेघरसंग सम्बन्धित रोग, मृगौला पत्थरी, पित्त थैलीको पत्थरी, थाइराइड, स्तनको गाँठा एवं गिर्खा लगायतका रोगको परीक्षण गर्न सकिने डा. अधिकारीले बताइन् । उद्घाटन कार्यक्रममा मन्त्री खनालले बैकल्पिक चिकित्सा पद्दतीको रुपमा स्थापित आयुर्वेद उपचार पद्दतीलाई प्रभावकारी बनाउन उपकरणको प्रयोगमा जोड दिइएको बताए ।

कोरोनाको महामारी सुरु भएपछि आयुर्वेद चिकित्सा पद्दती विश्वानीय बन्दै गएको भन्दै मन्त्री खनालले यसलाई प्रभावकारी र विश्वासनीय बनाउन उपकरणको प्रयोग आवश्यक रहेको बताए । उनले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई पूर्वाधार र उपकरणमा सक्षम बनाउने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्व राज्य मन्त्री शेषनाथ अधिकारीले मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा आयुर्वेद अस्पतालको सार्दभिकता उत्तिकै रहेको बताए ।

रत्ननगरका उपमेयर यादवप्रसाद पाठकले आयुर्वेद चिकित्सा पद्दतीलाई प्रभावकारी बनाउन स्थानीय सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा रत्ननगर अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,संघका बरिष्ट उपाध्यक्ष शंकर गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम केन्द्रका बैद्य देवेन्द्र यादबले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
September 25, 2023
चितवनका डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]

September 25, 2023
बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 23, 2023
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram