रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
साकोसको जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
रत्ननगर, भदौ ४
रत्ननगर २ मा अवस्थित पेवा बचत तथा ऋण सहकारी संस्था लि. ले स्थानीय तह २०७८ मा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ । उक्त संस्थाको संस्थापक शेयर सदस्य गत २०७८ स्थानिय निर्वाचनमा निर्वाचित भएका नगर प्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यलाई सम्मान गर्ने कार्यक्रम पेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द प्रसाद भट्टराईको अध्यक्षतमा भएको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले मन्तव्य व्यक्त गर्दे उक्त संस्था वि.स.२०६९ सालमा स्थापना भई २ लाख २९ हजार बाट सुरु भएको र हाल ४२ करोडको व्यालेन्स सिट तयार गर्न सफल भएको भन्दै खुसि व्यक्त गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि रत्ननगर २ का वडा अध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, वडा नं.१४ का वडा अध्यक्ष होमनाथ रानाभाट र संस्थाका उपाध्यक्ष मधुसुदन लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।संस्थाका सचिव शिवलाल श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमा सोहि संस्थामा संस्थाका अध्यक्ष गोविन्द प्रसाद भट्टराईले कार्यक्रम सम्पन्न गरेका थिए ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]