Listen Live: 

रत्नप्रिया कल्व द्धारा आयोजना गरेको प्रथम रत्नप्रिया कप फुटवल प्रतियोगिता आजवाट शुरु

Radio Chitwan
सोमवार, मंसिर १२, २०७९

रत्नप्रिय क्लवको आयोजनामा रत्ननगरमा खुल्ला नकआउट फुटबल प्रतियोगिता– २०७९ आज एक कार्यक्रम विच उदघाटन भएके छ । खेलको उदघाटन रत्ननगर १० स्थित आज टिकौली चौरमा भएको हो । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालिका का उपमेयर यादव पाठक ले वल रेफ्रि लाई हस्तान्तरण गरेर खेलको उद्धघाटन गरेको हो । खेल शुरु हुनु भन्दा पहिला भएके औपचारिक कार्यक्रममा बोेल्दै कार्यक्रमका प्रमुख अतिथी उपमेयर यादव पाठक ले यो टिकौली चौर ले धेरै खेलाडी उत्पादन गरिसकेको मा पछिल्लो समय यस चौरमा मेला महोत्सव जस्ता कार्यक्रमहरु गरेर यो मैदान को स्तर नराम्रो हुदै गएकोमा रत्नप्रिया कल्वले जुन हिसावले यसको संरक्षण गर्दै आज यहि मैदान मा खेल गर्न सफल भएके मा धन्यवाद दिदै अब यस चौरमा महोत्सव मेला नहुने र गर्न नदिने समेत प्रतिबद्धता गर्नु भयो ।

कार्यक्रममा बोल्दै आखिल नेपाल फुटबल संघका अ्रध्यक्ष श्रीकृष्ण कार्कीले समग्र चितवन मा रत्ननगर ले खेलाडी उत्पादन का लागि सफल रहेकबो समेत वताए ।भरखरै मात्र सम्पन्न अन्डर १५ फुटबल प्रतिउोगितामा समेत यसै रत्ननगर का दुई जना वहिनी हरु ले उत्कृष्ठ प्रदर्शन गर्दै समग्र देशकै नाम उच्च राखन सफल भएको समेत वताए। कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले समग्र जिल्ला भरि हुने फुटबल खेल र खेलाडीको लागि आफु खदै लागिपर्ने समेत वताए । यस्तै कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका वार्डनं ९ का अध्यक्ष अन्नत अधिकारी ले रत्नप्रिय क्लव ले आयोजना गरेको यो फुटवल प्रतियोगिता मा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।साथै सबै खेलाडीहरुलाई कुनै पनि रिसराग नराखी जित्न कै लागी खेल अ‍ेलिएता पनि नियममा रहेर अनुशाशन को साथमा फुटवल खेल्नका लागि आग्रह गरे ।कार्यक्रमका सभापती तथा रत्नप्रिय कल्वका अध्यक्ष बसन्त राना मगर ले कार्यक्रमा बोल्दै रत्नप्रिय युवा कल्व ले स्वास्थयका लागि खेलकुद राष्टको लागि खेलकुद भन्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गरिएको जानकारी गराए । साथै युवाहरु क्ुलत र कुसंगत दुवर््यसानीमा मा नफसोस भनि विभन्नि कार्यक्रम हरु समेत रत्नप्रिय कल्जवले गरेको र सडक सरसफाई जस्ता विभिन्न कार्यक्रम समेत गरिएको वताए ।

उद्धघाटन खेलमा २८ विगाह नवलपर द्धारा मनहरि एफसिलाई ४गोल

। आजै सम्पन्न उद्धघाटन खेल २८ विगाह नवलपुर ले मनहरी एफ सि मनहरी लाई ४–० गोल ले पराजित गरेको छ । साथै अ‍ेलको म्यान अफ दि म्याच २८ विगाहका मान वहादुर पाठक चुनिएको छ । म्यान अफ द म्याच वनेका पाठकले नगद रु ५०००। जित्न सफल भएको आयेजक रत्न प्रिय क्ल्वका सचिव विजय लामा ले जनकारी दिए । साथै भोलीको खेल हेटौडा फुटबल एकेडेमी र के वि एल ग्लोवल भरतपुर एफ सि विच हुने वताए ।खेल दिउसो २ वजे बाट संचालन हुनेछ । मंसिर १२ गतेदेखि २५ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा प्रथम हुने समुहलाई १ लाख १ हजार ११ रुपैँया, द्धितिय हुने समुहलाई ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरेको अध्यक्ष बसन्त राना मगर ले बताए । प्रत्यक दिन उत्कृष्ट खेलाडीहरुलाई रु ५ हजार प्रदान गरिने समेत जानकारी दिए ।खेलमा चितवन मकवानपुर र नवलपुर गरि १४ वटा टिमको सहभागिता रहेको छ ।

आन्य समाचारहरु:-
April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram