Listen Live: 

म्याडम्याक्स विक्रम अभिनित गीत राजा–रानी सार्वजनिक

Radio Chitwan
मङ्लबार, कार्तिक १५, २०७९

भरतपुर । म्याडम्याक्स विक्रम चौधरी अभिनित थारू भाषाको गीत ‘राजा–रानी’ सार्वजनिक भएको छ। मंगलबार दिउँसो सेविल इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको भिडियोमा चौधरीलाई दीपिका चौधरीले साथ दिएकी छन्।चितवनको रत्ननगर ४ देवौलीमा २०५६ सालमा जन्मिएका चौधरीले यसअघि पनि ‘मुइँ त दंग पर्लासु’ गीतमा अभिनय गरेका थिए। करिब दुई दर्जन म्युजिक भिडियो छायांकन गरिसकेका उनले नयाँ अनुभव संगाल्नको लागि पनि मोडलिङमा काम गरेका मोडल चौधरीले बताए। हाल रत्ननगरमै म्याडम्याक्स फिल्म स्टुडियो सञ्चालन गरिरहेका चौधरी अवसर पाए मोडलिङ र छायांकनलाई सँगसँगै अगाडि बढाउने योजनामा छन्।

रमेश चौधरीले दृश्य कैद गरेको उक्त भिडियोको निर्देशन तथा सम्पादन हीरा चौधरीले गरेका हुन्। निर्माण समूहले कन्याम, इटहरी, काठमाडौँलगायतका स्थानमा छायांकन गरेको हो। रोहितसिंह चौधरी र अनुमा चौधरीले आवाज भरेका उक्त गीतमा म्युजिक भिडियोका निर्देशक हीरा चौधरीले शब्द कोरेका हुन्। गणेश चौधरीको संगीत संयोजनमा तयार भएको गीतको संगीत भने गायक रोहितसिंह चौधरीले दिएका हुन्।

आन्य समाचारहरु:-
April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram