Listen Live: 

नेकपा एमाले ले रत्ननगर नगरपालिका भित्र चोक चोकमा चुनावी कोणसभा

Radio Chitwan
बुधबार, कार्तिक ३०, २०७९

रत्ननगर । नेकपा एमालेले बुधवार रत्ननगर नगरपालिका भित्र रहेका एक दर्जन चोकमा चुनावी कोणसभा गरेको छ । नगर भित्रका १६ वटै वडामा घरदैलो सकेको एमालले निर्वाचनको अन्तिक चुनावी कार्यक्रम अन्तर्गत नगरका चोकचोकमा कोणसभा गरेको हो । उसले नगर भित्र रहेका सुकुमबासी बस्तीलाई समेत केन्द्रीत गरेर कोण सभा गरेको हो ।

जिरौनाचोक, शालधारीचोक, जंयमंगलाचोक, टिकौली चौधरी गाउँ,टिकौली सुकुमबासी बस्ती, लालपर्साचोक,बाघमारा चोक,बेल्सीचोकमा चुनावी कोणसभा गरिएको नगर अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए । कोणसभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे,प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले सम्बोधन गरेका थिए । सो अबसरमा पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले सिरानीमा लाललपूर्जा राखेर सुत्ने सुकुमबासीको सपना एमालेको नयाँ सरकारले पुरा गर्ने बताए ।

भूमि सम्बन्धी अधिकार हरेक नागरिकमा रहेको भन्दै उनले त्यो अधिकार एमालेले दिलाउने बताए । केपी ओली नेतृत्वको सरकारले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि नीतिगत व्यवस्था गरेको उनको भनाई छ । उनले कृषि उत्पादनलाई सुरक्षित गर्न प्रशोधन उद्योग सञ्चालन गर्ने बताए । चितवन अण्डा, दुध, मह, तरकारी, केरा र माछामा चितवन आत्मनिर्भरता तर्फ उन्मुख रहेको भन्दै उनले मुल्य निर्धारण र बजारीकरणको व्यवस्था गर्ने बताए ।

कोणसभामा प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश खनाल शैलेसले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि एमालले नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले लालपूर्जा वितरणको लागि आधारशिला तयार गर्ने पार्टी एमाले भएको बताए । केपी ओली नेतृत्वको सरकारले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि नीतिगत व्यवस्था गरेको हो उनले भने सत्ता गठबन्धनका उम्मेदवारहरुले हामी लालपूर्जा दिन्छौ,भोट दिनुस भन्नु औचित्यहिन कुरा हो ।

एमाले लालपूर्जासंग भोट साट्ने पक्षमा नरहेको भन्दै उनले यस अघि नै लालपूर्जा सुनिश्चितताको लागि नीतिगत व्यवस्था गरिसकेको छ । सुकुमबासीले जमिनको स्वामित्व प्राप्त गर्ने व्यवस्था एमालेले तयार गरिसकेको भन्दै उनले गठबन्धनको भूलभूलैयामा नपर्ने मतदातालाई आग्रह गरे । गठबन्धनका उम्मेदवारहरुको सरकार अहिले छ उनले प्रश्न गर्दै भने निर्वाचन जिते लगतै लालपूर्जा दिन्छौं भन्नेले अहिले सम्म के हेरेर बसेको हो ।

नेता खनालले एमाले २० ग्यारेन्टी सहित चुनावी मैदानमा होमिएको बताए । यो २० ग्यारेन्टी काम गर्नका लागि गरिएको हो उनले भने एमालेलाई विश्वास गर्नुस हामी विकासको लहर ल्याउने छौं । जनताको घरदैलोमा रहेको नेता खनालले एमालेको जितलाई गठबन्धनले रोक्न नसक्ने बताए । यो नेताहरुको मात्र गठबन्धन हो उनले भने भोट हाल्ने जनता स्वतन्त्र हुनुहुन्छ, एमालेको जित निश्चित छ । कार्यक्रममा समानुपातिक उम्मेदवार सुनिमाया चेपाङ सहित पार्टीका केन्द्रीय सदस्य कपिल पोखरेल, नेताहरु महादेवी खतिवडा, नारायण वन, कृष्णकुमार डल्लाकोटी, शंकर गिरी, विमला दुवाडी, प्रेम दुवाडी, राजाराम रेग्मी, केशव आचार्य लगायतको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
April 25, 2024
कालिकामा महिलालाई निःशुल्क ड्राईभिङ तालिम

चितवनको कालिका नगरपालिकाले निःशुल्क ट्याक्सि ड्राईभिङ तालिम सञ्चालन गरेको छ ।  बेरोजगार महिलालाई लक्षित गरि सिपमुलक तालिम अन्र्तगत १५ दिने निःशुल्क हलुका सवारी चालक (ड्राईभिङ) तालिम सञ्चालन गरेको हो । […]

April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram