Listen Live: 

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

Radio Chitwan
बिहिबार, मंसिर ८, २०७९

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो । ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गर्नुभयो ।सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

आन्य समाचारहरु:-
March 28, 2024
वर्षाले सडक हिलाम्य, यात्रा कष्टकर

लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर बनेको छ । ठूला पहिरो झरेर अवरुद्ध नभए पनि सडक चिप्लो हुँदा र छेउकुनाको माटो बगेर सडकसम्म पुग्दा समस्या भएको हो । सङ्घीय […]

March 28, 2024
कोशी, बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा दिनभरजसो पानी पर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, चितवन, गोरखा लगायतका जिल्लाहरुमा पानी परेको जल तथा मौसम […]

March 27, 2024
नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी

काठमाडौं– नेपालमा सुरुङ निर्माण गरिरहेको चिनियाँ कम्पनीले विश्व कीर्तिमान बनाएको चीनले दाबी गरेको छ ।  सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा विश्व कीर्तिमान बनाएको भन्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले […]

March 27, 2024
अपाङ्गता भएका व्यक्तिप्रति राज्य उदासीन

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका निवासी दीपक भण्डारी सवारी दुर्घटनाका कारण पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् । उनी आफ्नो दैनिक कामकाज सहयोगीको सहयोगबिना गर्न नसक्ने अवस्थामा छन् । गत चैत्र […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram