Listen Live: 

चितवनमा पौडेलले झुट प्रचार गर्दैछन्, उनलाई बजेट बिनियोजनको अधिकार छैन: सुरेन्द्र पाण्डे

Radio Chitwan
मङ्लबार, कार्तिक २९, २०७९

चितवन, कात्तिक २९–

नेकपा एमलोका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डेले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले झुट प्रचार गरेको आरोप लगाउनु भएको छ ।

मतदातालाई प्रभावित पार्न हुदै नभएको, आफूले नगरेको कामलाई पनि आफ्नो पहलमा भएको भन्दै प्रचारमा उत्रेको भनेर पाण्डेले झुट प्रचारको आरोप लगाउनुभएको हो ।

पाण्डेले भन्नुभयो, ‘पूर्वपश्चिम राजमार्ग टिकौलीदेखि पथलैयासम्मको बाटो विश्व पौडेलले आफूले गरिरहेको भन्नु भएछ । मैले तुरुन्तै सडक विभागको डीजीलाई फोन गरेर सोधेँं । सन् २०२० मै बसन्त नेम्वाङ भौतिक पूर्वाधार विकासमन्त्री भएका बखत डीपीआर भएर एसियाली विकास बैंकबाट बनाई दिने सम्झौता भएको थाहा भयो । त्यसले अहिले डीपीआर गरिरहेको छ । अब अर्को वर्ष मात्रै लोन एग्रिमेन्ट हुन्छ । अहिले केही पनि भएको छैन । उहाँले मैले गरें भनिदिनु भएको छ । नकचरालाई के उपचार हुन्छ ?’

आफूहरुले हालेको योजनाहरु, योजना आयोगबाट डा. पौडेलले हालेको भनेर गठबन्धनले प्रचार गरिरहेको पाण्डेले बताउनुभयो । ‘अहिले योजना आयोगले पैसा नै हाल्दैन । त्यति पनि थाहा नपाएको मान्छे गफ चुटेर हिँडेको छ । अहिले त एलएमबीएस लाइन मिनिस्ट्री बजेटरी सिस्टम भन्छन्, ‘मन्त्रालय र अर्थ मन्त्रालयको बीचमा ‘कोर्डिनेसन’ हुन्छ । त्यसले बजेट किताब छाप्छ । सम्बन्धित मन्त्रालयले नै किताब छाप्छ, योजना आयोग जाँदै जाँदैन ।’

आफूले गरेको कामको विषयमा उमेदवारहरुको प्रचार गर्ने बानी पुरनौ हो तर अहिले पूर्वी चितवनको निर्वाचन क्षेत्रमा गठवन्धनका उमेदवार विश्व पौडेल झुटा प्रचारमा व्यस्त भएको एमालेको ठहर छ । योजना आयोगका उपाध्यक्षले कुनै क्षेत्रमा बजेट विनियोजन गर्न सक्ने अधिकार नहुने पार्टीले बताएको छ ।

त्यसैगरी एमाले उम्मेदवार पाण्डेले भण्डारा मलेखु चेपाङ माग सुरेन्द्र पाण्डेको नेतृत्वमा बजेट परेर निर्माणको काम भइराखेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कयर खोलाको तटबन्धन आफ्नै पहलमा अहिले पनि निर्माणको काम भइराखेको छ । यसको विकासका क्रम र बजेट आउने निकायले प्रष्टरुपमा मेरो पहलमा भएको बताइरहेका छन् । तर अहिले उमेद्वार भएका पौडेल आफ्नो पहलमा विकास निर्माणको काम भइराखेको भनी प्रचार गर्दै हिडेका छन् ।’

आन्य समाचारहरु:-
April 19, 2024
सकियो २९औं वन्यजन्तु सप्ताह, पत्रकार र संरक्षणकर्मीलाई सम्मान

रत्ननगर। चितवनमा मनाइएको २९औं वन्यजन्तु सप्ताहको अन्तिम दिन शुक्रवार संरक्षणकर्मी र पत्रकारलाई सम्मान गरिएको छ । सप्ताहको समापन कार्यक्रममा संरक्षणमा योगदान दिने १० जनालाई कदरपत्र सहित सम्मान गरिएको थियो । […]

April 19, 2024
स्काइराइडका दुई पूर्व शिक्षिकालाई उपदान सहित सम्मान

रत्ननगर । चितवनको रत्ननगर स्थित स्काइराइडर आवासीय माविका दुई पूर्व शिक्षिकाहरुलाई शुक्रबार उपदान सहित सम्मान तथा विदाई गरिएको छ । विद्यालयमा लामो समय सम्म काम गरेर अबकास लिएका मीना सुवेदी […]

April 18, 2024
२९औं वन्यजन्तु सप्ताह : सौराहामा समुदाय केन्द्रीत सचेतना मुलक र्‍याली 

रत्ननगर । २९औं वन्यजन्तु सप्ताह अन्तर्गत विहीबार सौराहामा वन तथा वन्यजन्तु संरक्षणका लागि समुदाय केन्द्रीत सचेतना मुलक र्‍याली निकालिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी शिकार […]

April 18, 2024
रत्ननगर उवासंघमा प्रदेशका अर्थ मन्त्री थपलियालाई स्वागत तथा सम्मान

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले पूर्वी चितवनको विकासको लागि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई लिखित ध्यानर्कषण गराएको छ । मन्त्रीको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram