Listen Live: 

श्रीलंकामा प्रधानमन्त्रीले गरे संकटकाल घोषणा

Radio Chitwan
बुधबार, असार २९, २०७९

असार २९ । श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएको छ ।

प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन् । राष्ट्रपति राजपाक्षे र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । सडक प्रदर्शनकारीले भरिएपछि उनीहरूलाई हटाउन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ । यसले गर्दा देशभरि खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।

विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चारमाध्यमहरूले जनाएको भए पनि सरकारले नै देश टाट पल्टेको घोषणा अप्रिलमा गरेको थियो ।

आन्य समाचारहरु:-
April 19, 2024
सकियो २९औं वन्यजन्तु सप्ताह, पत्रकार र संरक्षणकर्मीलाई सम्मान

रत्ननगर। चितवनमा मनाइएको २९औं वन्यजन्तु सप्ताहको अन्तिम दिन शुक्रवार संरक्षणकर्मी र पत्रकारलाई सम्मान गरिएको छ । सप्ताहको समापन कार्यक्रममा संरक्षणमा योगदान दिने १० जनालाई कदरपत्र सहित सम्मान गरिएको थियो । […]

April 19, 2024
स्काइराइडका दुई पूर्व शिक्षिकालाई उपदान सहित सम्मान

रत्ननगर । चितवनको रत्ननगर स्थित स्काइराइडर आवासीय माविका दुई पूर्व शिक्षिकाहरुलाई शुक्रबार उपदान सहित सम्मान तथा विदाई गरिएको छ । विद्यालयमा लामो समय सम्म काम गरेर अबकास लिएका मीना सुवेदी […]

April 18, 2024
२९औं वन्यजन्तु सप्ताह : सौराहामा समुदाय केन्द्रीत सचेतना मुलक र्‍याली 

रत्ननगर । २९औं वन्यजन्तु सप्ताह अन्तर्गत विहीबार सौराहामा वन तथा वन्यजन्तु संरक्षणका लागि समुदाय केन्द्रीत सचेतना मुलक र्‍याली निकालिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी शिकार […]

April 18, 2024
रत्ननगर उवासंघमा प्रदेशका अर्थ मन्त्री थपलियालाई स्वागत तथा सम्मान

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले पूर्वी चितवनको विकासको लागि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई लिखित ध्यानर्कषण गराएको छ । मन्त्रीको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram