काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
कोरोनाका कारण दुई वर्ष रोकिएको बोलबम मेला यसवर्ष लाग्ने

चितवन, १ साउन । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पु¥याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट क्षेत्रलाई उज्यालो पारिएको बताउनुभयो । “भक्तजन धेरै आउने भएकाले स्नान क्षेत्र तथा भक्तजन बस्ने ठाउँलाई उज्यालो बनाउन बत्ती जडान गरेका छौँ”, उहाँले भन्नुभयो । बोलबम मेला अवधिमा करिब एक लाख ५० हजार भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न अन्य सोमबार २० हजार हाराहारी र अन्तिम सोमबार ५० हजारभन्दा बढी भक्तजन आउने कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेले भक्तजनको सुरक्षाका लागि चितवन र तनहुँ प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको बताउनुभयो । स्नान क्षेत्रमा उद्वारका लागि बोटे समाज, शसस्त्र र नेपाली सेनाका उद्वारक टोली परिचालन गरिने छ । स्नान गर्ने ठाउँमा डुङगा र तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिने छ ।
देवघाट क्षेत्र विकास समितिले चितवन र तनहुँतर्फ राखेका सचिवालयबाट जनचेतनामूलक जानकारी तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सोमबार बिहानै स्नान गर्नका लागि आइतबार साँझ देवघाट जाने भक्तजनलाई गलेश्वर, हरिहर, महेश आश्रमलगायतका आश्रम तथा मन्दिरले निःशुल्क खाना तथा बसोबासको व्यवस्था मिलाएको छ ।
सोमबार हुनसक्ने भीडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जाने–आउने रुट निर्धारण गरेको छ । आँपटारी हुँदै देवघाट जाने सडकमा स्नान गरेका भक्तजनलाई मात्रै फर्किन मिल्ने गरी रुट निर्धारण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।
मेलामा सहभागी हुन रामनगर र ठिमुराहँुदै देवघाट पुग्ने सडक प्रयोग गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । काठमाडाँै, पोखरा हँुदै आउने भक्तजन दासढुङगा पुल प्रयोग गरेर तनहुँतर्फको देवघाट पुग्न सक्नेछन् । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले सीताराम माविको खेलमैदान र नजिकैको सतनचुली सामुदायिक वन क्षेत्रको चौरमा पार्कीङस्थल निर्धारण गरिएको बताउनुभयो ।
क्षेत्र विकास समितिले सडकको दायाँबायाँ फुटपाथ पसल नराख्न आग्रह गरेको छ । चितवन र तनहुँ जोड्ने झोलुङगे पुलमा एक पटकमा एक सय बढी भक्तजन ओहरदोहर नगर्न सुझाइएको छ । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यसवर्ष साउनमा पाँच सोमबार परेकाले धेरै भक्तजन आउने अनुमान गरिएको छ । रासस
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]