Listen Live: 

पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि

Radio Chitwan
बिहिबार, असार ३०, २०७९

काठमाडौं, ३० असार। पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

जसमध्‍ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार १४८ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । (आज) बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ ।

आन्य समाचारहरु:-
September 30, 2024
कालिका मा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]

September 29, 2024
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]

September 28, 2024
पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]

September 28, 2024
चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram