रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
रत्ननगरमा निशुल्क सार्वजनिक शौचालय उद्धघाटन
चितवन, २९ असार । देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा रत्ननगरको बकुलहरमा निशुल्क सार्वजनिक शौचालय उद्धघाटन गरिएको छ । लाईन्स क्लव अफ रत्ननगर स्टारले निर्माण गरेको सो निशुल्क सार्वजनिक शौचालयको बुधवार रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले उद्धघाटन गरे ।
प्रमुख अतिथी समेत रहेका मेयर सापकोटाले खुल्ला दिशामुक्त नगर घोषणासँगै नगरक्षेत्र भित्र विभिन्न स्थानमा सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन गराउदै पूर्ण सरसफाई नगर बनाउनेतिर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
रत्ननगरको हरिहर पाटि प्यालेस र होटल पौवामा विवाह तथा अन्य सभासमारोहमा आउने व्यक्तिहरुलाई सहज गराउनका लागि सो शौचालय निर्माण गरिएको लाईन्स क्लव अफ रत्ननगर स्टारका अध्यक्ष लायन डा। योगेन्द्रराज पन्तले बताए । रत्ननगरलाई व्यवस्थित नगरका रुपमा विकास गर्नका लागि शौचालयले सहयोग पुर्याउने उनले बताए ।
शौचालय उद्धघाटन कार्यक्रममा पिएम जेएफ डिष्ट्रिक गभर्नर लायन सिद्धार्थलाल चुके, लायन दिनानाथ न्यौपाने, लायन सुरेशकुमार श्रेष्ठ, लायन दिपेन्द्र खतिवडा, लायन योगेन्द्र नाथ अधिकारी, लायन सुर्य रेग्मी, लायन निरज श्रेष्ठ, लायन सुरेश आचार्य लगाएतले मन्तव्य राखेका थिए ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]