Listen Live: 

श्रीलंकामा प्रधानमन्त्रीले गरे संकटकाल घोषणा

Radio Chitwan
बुधबार, असार २९, २०७९

असार २९ । श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएको छ ।

प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन् । राष्ट्रपति राजपाक्षे र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । सडक प्रदर्शनकारीले भरिएपछि उनीहरूलाई हटाउन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ । यसले गर्दा देशभरि खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।

विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चारमाध्यमहरूले जनाएको भए पनि सरकारले नै देश टाट पल्टेको घोषणा अप्रिलमा गरेको थियो ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram