Listen Live: 

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु

Radio Chitwan
सोमवार, असार २७, २०७९

चितवन, २७ असार । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान साढे १ बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram