Listen Live: 

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थी मृत फेला परेका छन्।

काठमाडौं गल्फुटारका सुजन बस्नेत दुई अस्ट्रेलिया आएको दुई महिना पनि भएको थिए। उनी अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।

वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका उनी कलेजसमेत जान पाएका थिएनन्। 

सुजनलाई अष्ट्रेलिया आउनेबित्तिकै एनआरएन न्यु साउथवेल्सका सल्लाहकार सन्तोष श्रेष्ठले आफैंसँग पन्ध्र दिन राखेका थिए।

काम पाएपछि उनी अर्वन सरेका थिए। 

आफैंले एयरपोर्टबाट पिकअप गरेर घरमा राखेको व्यक्तिको यस्तो खबर सुन्नुपर्दा निकै पीडा भएको सन्तोषले बताए।

‘मैले नै उनलाई विमानस्थलबाट ल्याएर घरमा राखेको थिएँ, राम्रो र आकर्षक ब्यक्तित्वका धनी थिए’, उनलेभ भने, ‘केही दिनमा काम पाएपछि उनी मेरो घरबाट अर्वन सरेका थिए। आज यस्तो दुःखद खबर सुन्नुपर्दा निकै पीडा महसुस भएको छ’, सन्तोषले भने।

जनवरी १७ मा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घटनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ। 

‘उज्वल भविष्यको कल्पना गरेर विदेशमा अध्ययनका लागि पठाएका छोरा छोरीको पढाइ सुरू नहुँदै मृत्युको यस्तो दुखद खबर सुन्नुपर्दा अभिभावकलाई कस्तो बज्रपात पर्‍यो होला?’, सन्तोषले सेतोपाटीसँग भने।

मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनको शव लिडकमस्थित शवगृहमा राखेको छ। 

यसरी एउटा नेपाली युवाले अस्ट्रेलियामा पढाइ सुरू नगर्दै मृत्युवरण गरेको घटनाले निकै दुःखी बनाएको एनआरएन न्यु साउथवेल्सका सचिव विनोद कुँवरले बताए। 

‘हामीले सकेसम्म नेपाली विद्यार्थीको हक हितमा काम गर्ने प्रयास गरिरहेका छौं। तर पनि यसरी दुःखद घटना घटनु नेपाली समाजको लागि पीडादायक विषय हो’, विनोदले भने। 

उनले सुजनको शवलाई नेपाल पठाउन आफूहरूले सहयोग संकलनसमेत सुरू गरेको जानकारी दिए।

‘मैले काम लगाइदिएको थिएँ। तर घटना घटनु एक दिन अघिदेखि उनी काममा गएका रहेनछन्’, एनआरएन एनएसडब्लु सदस्य सागर रिजालले भने। 

उनले भर्खर पढाइका लागि नयाँ ल्यापटप किनेर ल्याएको सागरले सम्झना गरे। ‘यो हाम्रो नयाँ पुस्ताको लागि एउटा दुःखद खबर हो’, उनले भने। 

एनआरएन एनएसडब्लुका युवा संयोजक विक्रम दाहालले यस्ता खाले दुघर्टनाले नेपाली समाजलाई फरक र अलग पीडादायक सन्देश प्रवाह गरेको बताए।

‘हामीले आफैं छोरारीलाई विदेश पठाउनुअघि निकै विषयमा ध्यान दिन जरूरी हुन्छ, किनभने यताको वातावरण र अवस्थाका बारेमा नबुझिकन घरमा पुलपुलिएर हुर्केका युवालाई विदेश पठाउँदा कहिलेकाही गम्भीर दुर्घटना घट्नसक्छ’, दाहालले भने।

आन्य समाचारहरु:-
April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 12, 2024
प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किँदा तीन बालिकाको मृत्यु

एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]

April 5, 2024
एचएनबिजिको छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन परिसरमा 

  काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ […]

April 5, 2024
आठ महिनामा नौ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ । व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram