कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा फेरि देखिन थाल्यो कोरोना संक्रमण, जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह

चितवन, २६ असार । चितवनमा फेरि कोरोनाको संक्रमण देखिन थालेको छ ।
झण्डै एक वर्षसम्म नदेखिएको कोरोना संक्रमण फेरि देखिन थालेको हो । कोरोना देखिएसँगै स्वास्थ्य सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।
स्वास्थ्य कार्यालयले उपलब्ध गराउने तथ्यांकअनुसार असार २२ गते एक जना, असार २४ गते एक जना र २५ गते एक जनामा संक्रमण देखिएको हो ।
ती तीन जनामा एक जना रत्ननगर र दुई जना भरतपुरका रहेका छन् । वैदेशिक रोजगारीमा जानको लागि परीक्षण गर्नको लागि भरतपुर अस्पताल पुगेका उनीहरुमा संक्रमण देखिएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले जानकारी दिए । उनीहरु तीन जना नै आफ्नै घरमा आइसोलेसनमा रहेका छन् । चितवनमा संक्रमण देखिन थालेसँगै स्वास्थ्य सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
डा पौडेलले चितवनमा भेटिएको कोरोनाको प्रजाति नयाँ भेरियन्ट भने नभएको बताए । उनले भने, ‘ भारतमा र काठमाडौँमा पनि कोरोना संक्रमण बढ्दै गएकोले सबैले स्वास्थ्य सावधानी अपनाउनुपर्छ । फेरि चितवनमा संक्रमण बढ्न लाएको जस्तो देखिएको छ ।’ उनले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन अपिल गरे ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]