काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु

चितवन, २६ असार । चितवनको भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु भएको छ । बिग्रेको बस मर्मत गर्ने क्रममा आज (आइतबार) बिहान सोही बसका सहचालक २१ वर्षीय सुरज नेपालीको मृत्यु हो ।
आज बिहान सवा ८ बजेतिर चितवनको पश्चिम खण्डमा पर्ने भरतपुर महानगरपालिका_२५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बस बिग्रेपछि बसका चालक र सहचालकले मर्मत गर्दै थिए ।
मर्मतका क्रममा सहचालक सुरज बसको तल रहेकै अवस्थामा चालकले बस स्टार्ट गरेर अगाडि बढाएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रहेका डिएसपी नरहरि अधिकारीले बताए । बसले किचेर गम्भीर घाइते भएका सुरजको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी अधिकारीले जानकारी दिए ।
घटनाका बारेमा अनुसन्धान गर्न बसका चालक ४२ वर्षीय राजकुमार गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]