कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एकलौटी निर्णय गरेको भन्दै एमालेका जनप्रतिनिधिले बहिस्कार गरे रत्ननगरको दोस्रो नगर सभा

चितवन, २२ असार । रत्ननगर नगरपालिकाको ११औं नगर सभाको दोस्रो बैठक नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् ।
असार १० गते भएको सो नगर सभाको पहिलो बैंठकमा सहभागी भएका सो पार्टीका जनप्रतिनिधिहरुले बुधवार भएको दोस्रो बैठक भने बहिस्कार गरेका हुन ।
योजना तथा बजेट निर्माणमा एकलौटी गरेको भन्दै एमालेबाट उपमेयरमा निर्वाचित यादब प्रसाद पाठक, वडाध्यक्ष तथा वडा सदस्यहरु नगर सभामा उपस्थित भएनन् । पार्टीमै छलफल गरी नगर सभा बहिस्कार गरेको उपमेयर पाठकले बताए ।
उपमेयर पाठकले योजना तथा बजेट निर्माण, विषयगत समिति गठन र रकम भूक्तानी गर्ने प्रक्रिया समेतमा आफ्नो असहमती रहेको बताए । नगर सभामा छलफल हुने योजनाहरुको विषयमा पूर्व छलफल गरिदैन उनले भने नगर सभामा साक्षी बस्न जानुको केही अर्थ नभएर बहिस्कार गरेका हौं ।
उपमेयर पाठक अनुपस्थित भएपछि न्यायिक समिति, राजश्व परामर्श समिति र योजना तथा अनुगमन समितिको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले प्रस्तुत गरेका थिए । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले रत्ननगर जनप्रतिनिधिहरुको नगर सभा बहिस्कार गर्ने निर्णयलाई पार्टीले समर्थन गरेको बताए ।
नगर सभामा आर्थिक बर्ष २०७९र०८० को नीति,कार्यक्रम तथा बजेट बहुमतले पारित गरिएको छ । नगर सभाले विभिन्न १८बुँदे निर्णय गरेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]