Listen Live: 

मेयर विनोद रेग्मीद्धारा कालिका नगरका विकास निर्माणको दैनिक अनुगमन

Radio Chitwan
मङ्लबार, असार २१, २०७९

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले जनताको गुनासो सुन्दै नगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन थालेका हुन् ।
नगरमा भएका विभिन्न विकास निर्माणमा लापरवाही गर्ने बढेको भन्दै मेयर नै एक्सनमा उत्रिएर अनुगम थालेको स्पष्ट पारे । उनले पहिलो चरणमा अनुगमसगौ पहिलो पटक ठेक्केदारहरुको पत्रिकामा नाम नै निकालेर कालोसूचीमा राखेको पनि जानकारी गराए ।
विकासको काममा स्थानीयबासिबाट निरन्तर सहयोगको अपेक्षा गरिएको समेत मेयर रेग्मी बताए । जनताकै सेवा गर्छु भनेर आएको हुँ उनले भने, मैले नै सुरु नगरे कसले गर्छ, म अनुगमसगैँ विकास निर्माणमा चनाखो भएर निगरानी गर्न जनतालाई भनि पनि रहेको छु ।


दैनिक जसो अनुगम गर्न उपमेयर, नगर सदस्य र वडा अध्यक्षहरुलाई समेत आफुले सक्रिय बनाएको उनको भनाई थियो । उनले नगर भित्र भन्दै गरेको नगर भवन, सडक पिच गर्ने, विद्यालय, स्वास्थ्य केन्द्र लगायतका ठाँउमा समेत आफै पुगेर निगरानी र स्थलगत निरीक्षणसगैँ समयमा नै काम सक्न ठेक्केदारहरुलाई निर्देशन पनि दिएका छन् ।

अनुगमनका क्रममा लामो समयदेखि नगर विकास आयोजनाले समेत अलपत्र छाड्दै आएको ठाँउहरुको अनुगमन गर्दा केही स्थानीयवासीले छिटो काम सम्पन्न गर्नुपर्ने भन्दै मेयर रेग्मीसँग गुनासो गरेका थिए ।

केहीले घर अगाडि नै विजुलीका तारहरु अलपत्र पारेको, निर्माणकार्यमा ढिलासुस्ती गरेको जस्ता आक्रोश व्यक्त गरेका थिए । मेयर रेग्मीले पनि स्थानीयका गुनासा सुन्दै छिटो–भन्दा छिटो काम सम्पन्न गर्ने गरी आफू अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले विकास निर्माणका काममा अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा उनले स्थानीयले विकास निर्माणका काममा भएका ढिलासुस्तीलगायतका बारेमा गरेका गुनासोलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै त्यसले जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउने बताए ।

अनुगमनको क्रममा सम्पन्न भएका सबै योजनाहरु तोकिएको मापदण्डअनुसार नै सम्पन्न भएको पाइएको र मापदण्ड पूरा नगररै सम्पन्न भएका योजनाहरुको हकमा भुक्तानी दिँदा कटौती गरेर दिने गौतमले जानकारी दिए । अनुगमनका क्रममा कामले गति लिएको पाइएको साथै कामका क्रममा आएका विभिन्न समस्याको समाधानमा पहल समेत गर्ने उनले बताए ।

आन्य समाचारहरु:-
June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो । बंगलादेशलाई सस्तैमा समेट्न नेपालका […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram