काबुल – अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी […]
प्राध्यापक सुवेदीको आत्मवृतान्त प्रकाशित
बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृह राउटलेजलेलिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको आत्मवृतान्त प्रकाशित गरेको छ । सुवेदीको उक्त आत्मवृतान्त लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित भएको हो ।‘मानवअधिकार, कानून र न्यायको क्रियाशिलताः नेपाल देखि नोबेल पुरस्कार मनोनयनसम्मको यात्रा’ नामक उक्त ग्रन्थमा सुवेदीले लमजुङबाट शुरु गरेको जीवन यात्रामा उनी कसरी अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधग्रन्थ पुरस्कारसहित विद्यावारिधि गर्ने पहिलो नेपाली, अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने विरलै व्यक्ति, न्याय र कानूनको क्षेत्रमा संसारकै प्रतिष्ठित व्यक्तित्व र सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय मान सम्मान पाउने नेपाली बन्न पुगे भन्ने विवरण समावेश छ ।‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ’ भन्ने कवि भूपी शेरचनको गीत बाट सानै देखि प्रभावित प्रा. सुवेदीले लमजुङबाट काठमाडौँ हुँदै संसार लम्किने क्रममा उनले गरेका काम, प्राप्त गरेका उपलब्धिहरु, जीवनका आरोह अवरोह, संघर्षका गाथाहरु र मानव अधिकार तथा न्याय र कानूनको क्षेत्रमा नेपाल र संसारलाई दिएको योगदानको संगालो उनको आत्मवृत्तान्तमा छ ।
लायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृह राउटलेजलेलिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको आत्मवृतान्त प्रकाशित गरेको छ । सुवेदीको उक्त आत्मवृतान्त लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित भएको हो ।‘मानवअधिकार, कानून र न्यायको क्रियाशिलताः नेपाल देखि नोबेल पुरस्कार मनोनयनसम्मको यात्रा’ नामक उक्त ग्रन्थमा सुवेदीले लमजुङबाट शुरु गरेको जीवन यात्रामा उनी कसरी अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधग्रन्थ पुरस्कारसहित विद्यावारिधि गर्ने पहिलो नेपाली, अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने विरलै व्यक्ति, न्याय र कानूनको क्षेत्रमा संसारकै प्रतिष्ठित व्यक्तित्व र सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय मान सम्मान पाउने नेपाली बन्न पुगे भन्ने विवरण समावेश छ ।‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ’ भन्ने कवि भूपी शेरचनको गीत बाट सानै देखि प्रभावित प्रा. सुवेदीले लमजुङबाट काठमाडौँ हुँदै संसार लम्किने क्रममा उनले गरेका काम, प्राप्त गरेका उपलब्धिहरु, जीवनका आरोह अवरोह, संघर्षका गाथाहरु र मानव अधिकार तथा न्याय र कानूनको क्षेत्रमा नेपाल र संसारलाई दिएको योगदानको संगालो उनको आत्मवृत्तान्तमा छ । बेलायती महारानीबाट ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर’ (ओबिइ) भन्ने उच्च स्तरको उपाधि पाउने पहिलो नेपाली तथा बेलायतका प्रखर कानूनविदहरुले पाउने ‘कुइन्स काउन्सेल’ उपाधि समेत प्राप्त गर्न सफल सुवेदीको आत्मवृतान्तमा एक अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तित्वको रूपमा उनले कसरी जीवनयापन गर्दै आएका छन् ? संयुक्त राष्ट्र संघको क्याम्बोडियाका लागि मानव अधिकार प्रतिनिधि, बेलायतको परराष्ट्र मन्त्रीको मानव अधिकार सल्लाहकार, अन्तर्राष्ट्रिय प्रकृति संरक्षणको विश्व सम्मेलनको कानूनी सल्लाहकार र अन्तर्राष्ट्रिय कानूनी प्रज्ञा–प्रतिष्ठानको आजीवन प्राज्ञ निर्वाचित भएर संसारलाई कस्तो योगदान दिएका छन् ? साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाउन कस्तो भूमिका निर्वाह गरेका छन् भन्नेबारे पनि उक्त ग्रन्थमा प्रकाश पारिएको छ । नेपाल, बेलायत, अमेरिका लगायत पांच देशका सात वटा विश्वविद्यालयमा प्राध्यापन गरेका सुवेदीका कृतिहरु विभिन्न देशका भाषामा अनुदित भइ प्रकाशन भएका छन् । उनको “पूर्वीय सभ्यतामा मानव अधिकार“ भन्ने ग्रन्थ अन्तरराष्ट्रिय रूपमै चर्चित ग्रन्थ हो जसमा उनले नेपाललाई प्राचिनकालमा किन ज्ञानभूमि र तपोभूमि भनेर चिनिन्थ्यो, कति कारणहरुले नेपाल पूर्वीय सभ्यताको उद्गम स्थल हो र कसरी नेपालले भारतीय र चिनिया सभ्यताको सम्बन्ध सेतुको रूपमा भूमिका निर्वाह गरेको थियो भन्ने उल्लेख गरेका छन् । उनले मानव अधिकार र अन्तरराष्ट्रिय कानूनको क्षेत्रमा दिएको उत्कृष्ट प्राज्ञिक योगदानको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालयले उनको नाममा वार्षिक स्थायी पुरस्कार स्थापना गरेको र क्याम्बोडियामा महत्वपूर्ण राजनीतिक सुधारमा गरेको योगदानका लागि उनी नोवेल पुरस्कारका लागि मनोनयन भएको कुराहरु समेत उक्त ग्रन्थमा समावेश छ । नेपालमा जनमत संग्रह ल्याउने प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्दा जेलसमेत भोगेका प्रा सुवेदीले दोस्रो जनआन्दोलनलाई अन्तरराष्ट्रिय स्तरमा बौद्धिक र नैतिक समर्थन जुटाउन अग्रणी भूमिका निर्वाह गरेका थिए । मानव अधिकार र अन्तरराष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपालले प्रा सुवेदीलाई संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको पदमा मनोनित गरेको थियो । उनलाई अन्तरराष्ट्रिय स्तरमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाउन उल्लेख्य योगदान पुराएको र स्वयं पनि ख्याति प्राप्त गरेको व्यक्ति भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभाले मानार्थ प्राज्ञ निर्वाचित गरेको थियो ।
काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]
एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन् । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]
काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ […]