कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन ‘रोजगार मेला’ हुने

चितवन । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने भएको छ ।
यहि असार २२ र २३ गते हुने २ दिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाल लगायतका १ दर्जन संघ संस्थाको आयोजनामा हुन लागेको हो ।
भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा हुने मेलाले जिल्लामा न्युन स्तर र मध्यम स्तरको रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले गरेको छैन । जिल्लामा हुने विकास निर्माणको काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका सभाहलमा भएको मेलाको तयारीबारे पत्रकार सम्मेलनमा प्रमुख प्रसाशकिय अधिकृत सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको प्रष्ट पार्नुभयो ।
चितवन पोल्ट्री, दूध, माछा, केरा लगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो संख्यामा कामदारको माग भएपनि भारत लगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ ।
मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दुरी नजिक बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा जान चाहानेलाई सीपमूलक तालीम दिने, पालिकाहरुमा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी सिजनल रोजगारी दिने तथा विभिन्न संघ संस्थामा आवश्यक पर्ने कामदारको मागलाई पुरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङक संकलन गर्ने, मेला अवधिभर २०० जनालाई आवश्यक संघ संस्थामा रोजगारी दिने, सीप र तालीमबारे जानकारी दिईने कार्यक्रमका फोकल पर्सन आमोद सुवेदीले जानकारी दिनुभयो ।
मेलामा ६० वटा स्टल रहने छ । जिल्लाका ७ वटा पालिका, जब लिङ्क तथा सेन्टर, उद्योग तथा तालीम केन्द्रहरुको स्टल रहने आयोजकले जनाएको छ । मेलामा संकलन गरिएको तथ्याङकलाई अनलाईबाटै जानकारी लिन मिल्ने गरी राखिने प्रमुख प्रसाशकिय अधिकृत सुवेदीले बताउनुभयो । मेला अवलोकन गर्न कुनै शूल्क नलाग्ने आयोजकले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने मेला १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]