Listen Live: 

नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा पुर्‍याउन लागिपर्छुः राजदूत आचार्य

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा पुर्‍याउन लागिपर्ने बताएका छन् ।  नेपाल पत्रकार महासंघ बेलायत शाखाले लन्डन दूतावासमा गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । राजदूत आचार्यले पत्रकार महासंघ बेलायतसँगको सहकार्यलाई दूतावासले उच्च महत्वसहित अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । पत्रकारहरुसंग सहयोग आदाप्रदान गर्न दूतावास सधैं तयार रहने जनाउँदै उनले त्यसका लागि निरन्तर छलफल र समन्वय गर्दै जाने बताए ।
उनले भूपू गोर्खाहरुको मुद्धालाई आफ्नो मूल प्राथमिकतामा राखेको भन्दै यो समस्याको स्थायी समाधान खोजिने बताए । दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालले बेलायतस्थित नेपाली पत्रकारहरु र पत्रकार महासंघबाट दूतावासलाई निरन्तर सहयोग मिल्दै आएको उल्लेख गर्दै प्रशंसा गरिन् ।नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावास र शाखाबीच रहँदै आएको सहकार्य राजदूत आचार्यको कार्यकालमा थप सुदृढ बन्ने आशा व्यक्त गरे । बेलायतस्थित नेपाली पत्रकार र मिडियाको स्तर उन्नति गर्ने महासंघको पहलमा पनि दूतावासको सहयोगी भूमिका अपेक्षा गरेको उनले बताए ।कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बेलायतमा नयाँ राजदूतको रुपमा एक अनुभवी कुटनितिज्ञको आगमन भएसँगै यहाँका नेपालीहरुमा धेरै आशा र अपेक्षाहरु पलाएको बताए । बीबीसी नेपाली सेवाका पूर्व प्रमुख समेत रहेका उनले बेलायतमा नेपाली पत्रकारिताको पृष्ठभूमि र सुरुआती दिनहरुबारे पनि सुनाएका थिए ।शाखाका पूर्व अध्यक्ष चिरन शर्माले बेलायतस्थित पत्रकारहरु दूतावसको सहयोगका लागि सधै तयार रहेको भन्दै पत्रकारहरुलाई आवश्यक सूचनालाई थप सहज बनाइदिन दूतावासलाई आग्रह गरे ।
त्यस अवसरमा दूतावासका सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार, सेकेण्ड सेक्रेटरी रामबाबु नेपाल, सहचारीद्धय पुजन पाण्डे र गजेन्द्र राई, नेपाल पत्रकार महासंघ बेलायत शाखाकी केन्द्रीय प्रतिनिधि विमला सेने, सल्लाहकार फडिन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कार्यसमिति सदस्यहरु गोमा राना र बाचस्पति रेग्मीसहित करुण अर्याल, एभरेष्ट गौतम, फातिमा बानु, प्रकाश कंडेललगायतका पत्रकार एवम् सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव नरेन्द्र बस्नेतले गरेका थिए ।सोहि अवसरमा बेलायत भ्रमणमा आएका पत्रकार गिरिजा अधिकारीलाई पनि शाखाका तर्फबाट स्वागत गरिएको थियो ।

आन्य समाचारहरु:-
June 24, 2024
अफगानिस्तानमा इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ को मृत्यु

काबुल – अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी […]

April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 12, 2024
प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किँदा तीन बालिकाको मृत्यु

एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]

April 5, 2024
एचएनबिजिको छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन परिसरमा 

  काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram