Listen Live: 

कालिकाको नीति तथा कार्यक्रम : कृषि र पशुपालनलाई प्राथमिकता

Radio Chitwan
बुधबार, असार ८, २०७९

चितवनको कालिका नगरपालिकाले आर्थिक बर्ष २०७९ र ८० को लागि कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

११औं नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने र पशुपालक किसानलाई दुधमा अनुदान दिने गरी योजना समावेश गरिएको छ । कृषिमा आत्मनिर्भर बनाउन तरकारी,मौरीपालन,केरा र च्याउ पकेट क्षेत्र घोषणा गरी मल,बीउ र उपकरणमा अनुदान दिइने छ । मकै खेती प्रर्बधनका लागि निजी क्षेत्रको संलग्नतामा उत्पादन,प्रशोधन र बजारीकरणको लागि कार्यक्रम सञ्चालन गर्ने, फलफुल उत्पादन, पुष्प व्यवसायको प्रर्वधनको लागि कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगर भित्रका ११ हजार किसानहरुलाई व्यवसायिक बनाउदै कृषि उत्पादनलाई निर्यात गर्ने गरी योजना दर्जुमा गरिएको मेयर विनोद रेग्मीले जानकारी दिए । कृषिलाई व्यवसायिकरण,बजारीकरण र विस्तारिकरणका लागि आवश्यक पर्ने सिंचाई,शितगृह,संकलन केन्द्र,सामुदायिक खेती तथा कृषि सञ्जालीकरण विकास गर्ने नीति दिइएको मेयर रेग्मीले बताए । पशुपालन तर्फ सो नगरपालिकाले दुधमा उत्पादनमा अनुदान दिने भएको छ ।

किसानलाई दुग्ध उत्पादक सहकारी संस्था मार्फत प्रतिलिटर एक रुपैया अनुदान दिने मेयर रेग्मीले बताए । यस अघि पशुपालक किसानलाई पुरस्कृत गर्ने कामको अन्त्य गर्दै नगर भित्रका सबै किसानहरुले लाभ लिने गरी उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिएको छ । कृषि तथा पशुपालनलाई रोजगारीको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न नमुना परियोजना सञ्चालन,दुधका परिकार उत्पादन गर्ने उपकरण खरिदमा अनुदान,पशुमा नश्ल सुधार,घाँसको विउ र बिरुवामा खरिदमा अनुदान,उन्नत बीउ र बेर्नाको श्रोत केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्वास्थ्य तर्फ सो नगरपालिकाले नगर भित्र बसोबास गर्ने विपन्न बर्गको निशुल्क स्वास्थ्य विमा गर्ने,आगामी पाँच बर्ष भित्र नगरपालिकालाई पोषणमैत्री नगर बनाउन बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्ने,महिलाहरुमा हुने पाठेघरको क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न समयमै उपचार गर्ने व्यवस्था मिलाउने,कालिका नगर अस्पतालमा भौतिक पूर्वाधार,प्रविधि,उपकरण सहित विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गरिने छ ।

अतिविपन्न समुदायका सुत्केरी महिलाहरुलाई पोषण खर्च,८० बर्ष माथीका ज्येष्ठ नागरिक तथा रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिलाई घरघरमै स्वास्थ्य परीक्षण गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको मेयर रेग्मीले बताए । शिक्षा तर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार,भौतिक पूर्वाधार निर्माण र शिक्षक दरबन्दी मिलानलाई प्राथमिकता दिएको छ । सीमान्तकृत चेपाङ सहित विपन्न समुदायका वालवालिकाहरुको शिक्षाका लागि छात्राबास सञ्चालन,कालिका कलेज स्थापना,सामुदायिक विद्यालयमा अध्यान गरेका र प्राविधिक शिक्षा अध्यान गर्ने विद्यार्थीलाई छात्राबृति प्रदान गरिने छ ।

विद्यालयको पहुँचमा नभएका,बीचमै विद्यालय छाडेका वालवालिकालाई शिक्षा प्रदान गर्न विशेष प्रोत्सहान कार्यक्रम सञ्चालन,सामुदायिक विद्यालयमा वालमैत्री शिक्षण सिकाइ,शिक्षाको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गरी हरेक विद्यालयमा रहेका वालविकास केन्द्रलाई नमुनाको रुपमा सञ्चालन गरिने उपमेयर विमला तामाङले जानकारी दिइन । पूर्वाधार विकास तर्फ नगर भित्रका साना सडकहरुलाई मुख्य सडकसंग जोडेर चक्रपथ निर्माण,सबै सडक कालोपत्रे तथा पहाडी सडकलाई स्तरोन्नती,नगरपालिकाको भवन निर्माण सम्पन्न तथा बाँकी रहेका वडा कार्यालय तथा स्वास्थ्यचौकीको भवन निर्माण गरिने छ ।

पूर्वाधार निर्माणकै लागि आयोजना बैंक स्थापना गरी सोही बैंक मार्फत आयोजना छनौट गर्ने,पूर्वाधार साझेदारी कोष स्थापना गरी उपभोक्ता समिति,वडा,संघ र प्रदेशसंगको साझेदारीमा आयोजना सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत निसानराज गौतमले जानकारी दिए । पर्यटन विकास तर्फ आन्तरिक पर्यटन प्रर्बधनको लागि नगर भित्रका पर्यटकीय क्षेत्रको पहिचान र पर्यटन गुरुयोजना तयार गर्ने,पर्यटकीय महत्वबोकेको सिन्ती,चित्राम तथा गैरीबारी झरना सम्म पुग्ने पदमार्ग निर्माण,विद्यार्थीहरुलाई नगर भित्रका पर्यटकीय स्थलको भ्रमण गराउने,नीति क्षेत्रसंगको सहकार्यमा होम स्टे सञ्चालन गरिने छ ।

नीति तथा कार्यक्रममा उद्योग,रोजगारी र सीप विकास,सहकारी,खेलकुद,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण,गैरसहकारी संस्था परिचालन,भवन,आवास तथा शहरी विकास,वन वाताबरण तथा विपद् व्यवस्थापन,विकास,सुसाशन तथा क्षमता अभिबृद्धि लगायतको शिर्षकमा नीति तथा कार्यक्रम तयार गरिएको छ ।

आन्य समाचारहरु:-
April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram