काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
चितवनको मेघौलीमा निउरो टिप्न गएकी महिलालाई बाघले बेपत्ता बनायो

चितवन २ असार । चितवनको मेघौलीमा निउरो टिप्न जंगलमा गएकी एक महिलालाई बाघले वेपत्ता बनाएको छ ।
भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने २३ बर्षकी रेखा बस्नेत लाई आज (बिहीबार) बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।
स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित १० जना महिला निउरो टिप्न गएका थिए । बाघले बेपत्ता बनाएकी बस्नेत पूर्वम्यादी प्रहरी हुन् ।
इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली बस्नेतको खोजीका लागि गएको छ ।
जंगलभित्र थप खोजीका लागि हात्ती मगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता अधिकारीले बताए ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]