काठमाडौँ, चैत १९( पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं(दुबई उडान ११ घण्टा डिले भएको छ । शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको […]
युक्रेनका नेपालीलाई पोल्याण्ड पुग्न नेपाली जनसम्पर्क समितिको सहयोग

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसनिकट भ्रातृ संस्था जनसम्पर्क समितिले युक्रेनको सीमा पुगेका नेपालीलाई पोल्याण्ड पुर्याउन सहयोग गरेको छ । युक्रेनबाट पोल्याण्डको सीमा म्याड्का पुगेका नेपालीलाई मंगलबार वार्सा पुर्याइएको छ ।
नेपाली जनसम्पर्क समिति पोल्याण्डका सभापति भीम परियारसहित समितिका कार्यकर्ताले समस्यामा रहेका नेपालीलाई वार्सा पुर्याइएको छ ।
गैरआवासीय नेपाली संघ पोल्याण्डसँग कांग्रेस निरन्तर सम्पर्कमा रहेको महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन् ।
पोल्याण्डको सीमा क्षेत्रमा पुगेका नेपालीललाई समन्वय गर्न नेपाली हेल्प डेस्कसमेत बनाइएको महामन्त्री शर्माले जानकारी गराएका छन् । हेल्प डेस्कमा सम्पर्क गरेर अत्यावश्यक सहयोग लिन सकिने जानकारी गराइएको छ।
बर्लिन दूतावासबाट सरकारले र पोल्याण्डस्थित नेपाली समुदायले युक्रेनका नेपालीलाई साथ दिनुपर्ने महामन्त्री शर्माले उल्लेख गरेका छन् ।‘रुसले युक्रेनमाथि गरेको आक्रमण लगत्तै नेपाल सरकार र नेपाली कांग्रेस पार्टीले विरोध प्रकट गरिसकेको छ । यो बर्बर आक्रमण अविलम्ब रोकेर युक्रेनको स्वाधीनता रक्षाका लागि विश्वव्यापी दबाब बढाउन जरुरी छ’ महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो आक्रमण युक्रेनको स्वाधीनतामाथि मात्रै होइन समग्रमा मानवता माथिकै आक्रमण हो।’
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात […]
असार २९ । श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार […]
१४ जेष्ठ । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर […]