Listen Live: 

रत्ननगरको टाँडीमा सुरु भयो “सुकुल रेष्टुरेन्ट” रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले गरे उद्घाटन

Radio Chitwan
शनिबार, जेष्ठ २८, २०७९

चितवन, २८ जेष्ठ । रत्ननगरको टाँडीमा शिव सिखर बहुउद्देश्यिय सहकारी संस्था लि।को ब्यवस्थापनमा “सुकुल रेष्टुरेन्ट” को सेवा सुरु भएको छ । शिव सिखर सहकारीले बचत तथा ऋण कारोबारसँगै गार्डेन मार्ट डिर्पाटमेन्टल स्टोर हुँदै सोही स्थानमा “सुकुल रेष्टुरेन्ट” को नामबाट रेष्टुरेन्टको सेवा पनि सुरु गरेको सहकारीकी टाँडी शाखा प्रमुख जुली टण्डन क्षेत्रीले जानकारी दिइन् ।

उनले “सुकुल रेष्टुरेन्ट” भन्ने बित्तिकै भुइमा बसेर खाने भन्ने बुझिने जानकारी दिदै बिशेषतः रेष्टुरेन्टमा नेवारी परिकार अझ त्यसमा पनि चिकेन तथा मटनबाट बनेका परिकारहरुको अर्गानिक स्वदेशी स्वाद लिन पाईने , पारिवारिक वातावरण, एकैपटकमा २ सय जनालई सेवा दिन सकिने जानकारी दिइन् । रेष्टुरेन्टमा टिपिकल नेपाली खाजा पाईने, प्रत्येक महिनाको ५ गते ७९९ मा १७ थरी खाजा खानाको परिकार उपलब्ध रहेको जानकारी दिदै सबैलाई रेष्टुरेन्टमा एकपटक आएर सेवा लिन आग्रह पनि गरिन् । हरेक दिन खुल्ला रहने, प्रत्येक शुक्रबार लाइभ म्युइजिकको व्यवस्था रहेको साथै रेष्टुरेन्टमा आउने सेवाग्राहिले प्रत्येक दिन आफ्नो कला प्रस्तुत गर्न पाउने व्यवस्था रहेको छ

सो रेष्टुरेन्टको सुवारम्भ शुक्रबार रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले गरेका थिए । श्रेष्ठले शिव सिखर सहकारीले टाँडीमा आफ्नो शाखा बिस्तार गरैसँगै धेरै अवसर हरुसँगै नया नया सोचका साथ एकै ठाउँमा सबै सेवा सुविधा सहितको कार्य गर्दै अगाडी बढेकोमा धन्यवाद पनि ब्यक्त गरे ।

सहकारीका नारायणी क्षेत्रीय प्रवन्धक युवराज थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा शिव सिखर एग्रो प्रा।लीका नारायणी क्षेत्रीय प्रवन्धक जोयस भट्टराई, चर्चित कलाकार कमल खत्री, मेलिना मैनाली, स्तब्द ब्याण्ड लगाएतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा रेष्टुरेन्टको तर्फबाट दिपक श्रेष्ठले मन्तव्य राखेका थिए भने उद्धघाटन पछि चर्चित कलाकार कमल खत्री, मेलिना मैनाली र स्तब्द ब्याण्डको प्रस्तुती रहेको थियो । यसैबिच आज (शनिवार) भने नोटिस ब्याण्डको प्रस्तुती रहने सहकारीकी टाँडी शाखा प्रमुख जुली टण्डनले जानकारी दिइन् ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram