कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी चितवनबाट युवा विदेशिए

रत्ननगर, २७ जेष्ठ । रत्ननगरमा आयोजना गरिएको सुरक्षित आप्रावासन (सामी) परियोजना सुरक्षित वैदेशिक रोजगारीको लागी जनप्रतिनिधिहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र वैदेशिक रोजगारीका लागि आर्जेको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन प्रेरित गर्ने उदेश्यले यो कार्यक्रम गरिएको हो । यो कार्यक्रम सामी परियोजना नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकारको सयुक्त लगानीमा भएको हो ।
कार्यक्रमा रत्ननगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा रत्ननगरका मेयर प्रल्हाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, मेड नेपालका अध्यक्ष ऋषिराम न्यौपाने, मेड नेपालका कार्यक्रम संयोजक सूर्य पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मेड नेपालका निर्देशक मिन राज भण्डारीले यो कार्यक्रम चितवन जिल्ला लगायत देशका ३९ वटा जिल्लाहरुमा सञ्चालमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र वैदेशिक रोजगारीका लागि आर्जेको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन प्रेरित गर्न चितवन जिल्लाको मुख्य गरी भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाँउपालिकामा सामी परियोजनाले कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । मेड नेपाल चितवन जिल्लाकै अवस्थित संस्था रहेको र यो २९ वर्ष पुरानो संस्था हो । यो संस्था देशको ४३ क्षेत्रमा कार्य क्षेत्र बनाएर काम गरिसकेको छ । यो संस्थाले गरिबी निवारणको क्षेत्रमा, कृषि क्षेत्रमा, वातावरणको क्षेत्रमा र रोजगारी सृजना गर्ने परियोजना लगायत कार्यक्रम गर्दै आएको उहाले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत मेड नेपालले रत्ननगर नगरपालिकाको ९ वटा वडामा कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्तर्गत हेल्भेटास नेपालकी कार्यक्रम अधिकृत उमा पौडेलले प्रस्तुती दिदै चितवन जिल्लाबाट वैदेशिक रोजगारीका लागि पछिल्लो १० महिनामा ११ हजार बढी युवा जनशक्ति विदेश गएको तथ्याङ्कले देखाएको बताउनुभयो । आर्थिक वर्ष २०७८/ ७९ को १० महिनामा ११ हजार २६६ जना विभिन्न देशमा रोजगारीका लागि गएका हुन् । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्याङ्कअनुसार ११ हजार २६६ जना श्रम मन्त्रालयबाट स्वीकृति लिएर जानेको संख्या रहेको र अवैध बाटोबाट विदेशिनेको संख्या पनि उत्तिकै रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा चालू आर्थिक वर्षको १० महिनामा विदेशिनेको संख्या सात हजार बढी छ ।
सो आर्थिक वर्षमा चितवनबाट चार हजार ११६ जना युवा जनशक्ति विदेशिएको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ मा आठ हजार ४८२ जना वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका थिए । चितवन जिल्लामा वैदेशिक रोजगारीकै लागि राहदानी बनाउनेको संख्या पनि उल्लेख्य रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा नौ हजार ४९४, आर्थिक वर्ष २०७६/७७ मा १२ हजार ४१९, आर्थिक वर्ष २०७५/७६ मा १६ हजार ५१२ जनाले राहदानी बनाएका छन् । चितवनबाट रोजगारीका लागि विदेश जानेको संख्या ७० प्रतिशतभन्दा बढी छ । ३० प्रतिशत अध्ययन र अवलोकनका लागि जाने गरेको तथ्याङ्कले देखाएको छ ।
बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी चितवनबाट युवा जनशक्ति विदेशिएको पाइएको छ । पछिल्लो पाँच वर्षमा बागमती प्रदेशबाट दुई लाख ४६ हजार ६०० जना विदेश गएका छन् । बागमती प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा २४ हजार ९३, आर्थिक वर्ष २०७६/७७ मा ५७ हजार १६१, आर्थिक वर्ष २०७५/७६ मा ७२ हजार ६५३, आर्थिक वर्ष २०७४/७५ मा ८२ हजार ७७९, आर्थिक वर्ष २०७३/७४ मा ९१ हजार ४१४ जना वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका छन् । वैदेशिक रोजगारीका लागि ५८ हजार नेपाली विदेशिएका छन् । यो श्रम मन्त्रालयबाट स्वीकृति लिएर जानेको संख्या हो । राहदानी बनाएर अवैध बाटोबाट विदेशिनेको संख्या दोब्बर रहेको अनुमान गरिएको उहाले बताउनुभयो ।







चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

