कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा नयाँ प्रजातिको चरा भेटियो

चितवन, २६ जेष्ठ । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ वाग्मती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको हो ।
६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहका सदस्य राजु तामाङले नयाँ प्रजातिको चराको तस्बिर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि थप अध्ययनका लागि चराविज्ञ डा। हेमसागर बरालसहितको समूह चितवन पुगेको थियो ।
विज्ञहरूले यो चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा नेपाल आएको हुनसक्ने अनुमान छ । यो चरा लजालु स्वभावको छ । यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८ सय ९१ पुगेको छ । चितवनमा मात्रै ६ सय ५० प्रजातिका चरा रहेको पाइएको छ । रासस
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]