कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्व सूचना प्रणाली प्रभावकारी भएमात्र विपद्बबाट नागरिकको जीवन रक्षा गर्न सकिन्छः मेयर सापकोटा

रत्ननगर,२२ जेष्ठ । चितवनको पर्यटकीय नगरी सौराहामा आइतवार मौसम पूर्वानुमान,प्रभावकारी पूर्व सुचना सम्प्रेषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बाढीजन्य प्रकोपबाट बच्न पूर्व सुचनाको प्रभावकारित,प्रकोप न्यूनीकरण र व्यवस्थापनको विषयमा छलफल गरिएको हो ।
एशियाली विपद् पूर्व तयारी केन्द्रको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रल्हाद सापकोटाले पूर्व सूचना प्रणाली प्रभावकारी भएमात्र विपद्बबाट नागरिकको जीवन रक्षा गर्न सकिने बताए । रत्ननगरको दक्षिणी भेगबाढी प्रभावित क्षेत्र पर्ने भन्दै उनले ठुला नदीबाट मानव बस्तीमा बाढी पस्न नदिन तटबन्धन गरिने बताए । कार्यक्रममा केन्द्रका नेपाल प्रतिनिधि मान थापाले विपद् जोखिम न्यूनीकरणको लागि सरकारको मात्र मुख ताक्न नहुँने भन्दै सबैको सहकार्यबाट हुनु पर्ने बताए ।
कार्यक्रममा जन तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट मौसम भण्डारीले मौसम पूर्वानुमान,यसमा स्थानीय स्तरको पहुँच,प्रयोग र बर्तमान सञ्चार तथा सुचना सम्प्रषण अभ्यास,सञ्चारकर्मी प्रकास घिमिरेले मौसमजन्य विपद् जोखिम न्यूनीकरण लागि सञ्चार संलग्नता सम्बन्धी कार्यपत्र तथा भरतपुर महानगरपालिका विपद् व्यवस्थापन शाखाका सम्पर्क व्यक्ति बालकृष्ण थपलियाले महानगरले विपद् जोखिम न्यूनीकरणका लागि गरेका कामहरुको बारेमा प्रस्तुती राखेका केन्द्रकी कार्यक्रम संयोजक पुजा शाक्यले जानकारी दिइन ।
कार्यक्रममा पत्रकार,रेडक्रसकर्मी,नगरपालिकाका प्रतिनिधि लगायतको सहभागिता रहेको रत्ननगर नगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख विश्वास श्रेष्ठले जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]