काठमाडौँ, चैत १९( पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं(दुबई उडान ११ घण्टा डिले भएको छ । शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको […]
एनआरएनए पूर्वअध्यक्ष घले र हिराचनले बोलाए भेला

काठमाडौं, २१ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन् । भेलामा गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुलाई निम्ता गरिएको छ ।
गत २ मार्चमा विधान विपरीत बोलाइएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को बैठकले संरक्षक परिषद र उच्च स्तरीय समिति विघटन गर्ने तथा ७० प्रतिशत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा र जापानका एनसीसीहरु भंग गरी पुनर्गठन गर्ने निर्णय गरेपछि संस्थाका प्रमुख संरक्षक पनि रहेका डा. घले र संरक्षक हिराचनले बैठक बोलाएका हुन् ।
‘हामीले विगत ६ महिनायता विभिन्न चरणमा अनेक कोशिस गरी विवाद समाधान गर्न र संस्थाको साख बचाउन प्रयास गर्दै आइरहेका हौं, तर यो प्रयास निरन्तर खेर गइरहेको छ’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असन्तुष्टिका आवाजलाई सम्बोधन गरी समस्या समाधान गर्न संघको वर्तमान नेतृत्व पुरै उदासिन देखिएको छ ।’
एनआरएनएको नेतृत्व भने विवाद समाधानका लागि दिएका सुझाव पालना नगर्ने, सहमतिका आधारमा दशौं महाधिवेशन नगर्ने र संस्था कब्जा गर्ने अभियानमा केन्द्रित रहेको उनीहरुको भनाइ छ ।‘संस्थालाई दुर्घटनाबाट बचाउन तपाईं हामी सबैले एउटा कठोर कदम चाल्नुपर्ने अवस्था आएको छ’, विज्ञप्तिमा भनिएको छ । तर त्यस्तो कदम के हुन सक्छ भन्ने चाहिं खुलाइएको छैन । बैठक आइतबार, ६ मार्च (नेपालको समय अनुसार अपरान्ह ५ बजे) भर्चुअल माध्यमबाट बस्ने बताइएको छ ।
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात […]
असार २९ । श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार […]
१४ जेष्ठ । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर […]