काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिने हेटौँडा बाट एक जना पक्राउ

मकवानपुर,२० जेष्ठ । अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एक जनालाई पकाउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई हिजो बिहान हेटौँडा उपमहानगरपालिका-१ बाट प्रशासन लेखा सहायक चौथो तहको परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ वटा नागरिकता समेत फेला पारेको छ ।
यस्तै बुबाको नाममा सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा दिँदै गर्दा एक जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगर-११ मा रहेको यातायात व्यवस्था कार्यालयबाट अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका(७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका हुन् ।
सन्तोषले उनका बुबा टुकनाथ गौतमको नाममा परीक्षा दिएका थिए । दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]