रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
देशको अधिकांश भूभागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १६ जेष्ठ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरिसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेश प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरिसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मङ्गलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरिसहित हल्का वर्षाको सम्भावना रहेको छ । रासस
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]
B.Sc.CSIT कोर्ष अध्यापन गराईँदै भरतपुर,भदौ २२ - चितवनको भरतपुर-१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा आएको छ। सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज […]
रत्ननगर । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल निजामती सेवा पुरस्कार २०८१ वाट पुरस्कृत भएका छन् । नेपाल सरकारले गतबर्ष घोषणा गरेको सो पुरस्कार निजामती सेवा दिवसको अबसरमा शनिबार […]