Listen Live: 

वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँ: तारा एयर

Radio Chitwan
सोमवार, जेष्ठ १६, २०७९

काठमाडौँ, १६ जेष्ठ । तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ ।उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनवटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सुनाउनुपर्दा दुःख लागेको बताएको हो ।

उक्त वायुयान अन्तिम पटक जोमसोम टावरसँग जेठ १५ गते बिहान १०ः०७ बजे सम्पर्कमा आएपश्चात् सम्पर्कविहीन भएको थियो । उक्त विमान १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तारा एयरले जनाएको छ । रासस

आन्य समाचारहरु:-
May 18, 2024
सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको छ : पूर्वमन्त्री पाण्डे

चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको उल्लेख गर्नुभएको छ । राप्रपा नगर कमिटी रत्ननगरले आयोजना […]

May 18, 2024
जीवन विकास लघुवित्तको वित्तीय साक्षरता : उत्कृष्ट कारोबार गर्ने सदस्य पुरस्कृत

रत्ननगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले शनिबार वित्तीय साक्षरता तथा उत्कृष्टक करोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको छ । सो संस्थाको राप्ती शाखाले खैरहनीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय […]

May 17, 2024
संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण

मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक […]

May 17, 2024
राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभमा’ विद्यार्थीहरूको उत्साहजनक सहभागिता

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram