काबुल – अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी […]
बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

२२ फागुन, काठमाडौं । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो ।
बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले जनाएको छ ।
कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचिपूर्वक अवलोकन गरी पश्मिना शल तथा हस्तकलाका सामान खरिद गरेका थिए । अन्य आगन्तुकहरूले पनि नेपाल उत्पादनको प्रशंसा गर्दै चिया, पश्मिनालगायत सामग्री खरिद गरेका थिए ।
कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवर्द्धनात्मक सामग्री पनि प्रदान गरिएको थियो ।
काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]
एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन् । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]
काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ […]