कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
चितवनमा चालकहरुको स्वास्थ्य परीक्षण, अधिकाँस चालकहरुमा सुगरप्रेसर र आँखामा समस्या

चितवन, १६ जेष्ठ । चितवनको भरतपुरमा सवारीचालकहरुको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ । समुदाय–प्रहरी साझेदारी अभियान अन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, नारायणगढ लेडी जेसीज, नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समितिले स्वास्थ्य शिविर संयुक्त रुपमा आयोजना गरेका थिए ।
पुष्पाञ्जली अस्पताल भरतपुर र भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए । १ सय ५० बढीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्णज्यू ठकुरीले जानकारी दिनुभयो । अधिकाँस चालकहरुमा सुगरप्रेसर र आँखामा समस्या देखिएको थियो ।
चितवन ट्राफिक प्रमुख धर्मबहादुर अधिकारीले नियमित स्वास्थ्य परीक्षणका लागि उत्प्रेरित गर्न स्वास्थ्य शिविर गरिएको बताउनुभयो । नारायणगढ लेडी जेसीजका अध्यक्ष अनिता श्रेष्ठ अधिकारीले चालकहरु स्वस्थ्य बने सम्भावित जोखिम न्यूनिकरण गर्न सकिने बताउनुभयो । शिविरमा अटोरिक्सा, म्याजिक, मिनिबस लगायत जिल्लाभित्र सञ्चालनहुने सार्वजनिक सवारी चालकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
नारायणगढ बसपार्क टोलसुधारका अध्यक्ष सन्तोष श्रेष्ठले स्वास्थ्य शिविर निकै उपयोगी बनेको बताउनुभयो । यसैबीच, भरतपुर वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जन सहितका १० जनाले मरणोपरान्त आँखा दान गर्ने घोषणा गर्नुभएको छ
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]
काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]