रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
मौसम विभागले भन्यो– आज मौसम खुल्ने सम्भावना न्यून

काठमाडौं,१५ जेष्ठ । जल तथा मौसम विभागले आज देशैभरको मौसम खुल्ने सम्भावना न्यून रहेको अनुमान गरेको छ । तीनवटा वायु प्रणाली सक्रिय हुँदा मौसम खुल्ने सम्भावना न्यून रहेको विभागकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
विभागले शनिबार गरेको मौसम पूर्वानुमानले आज मौसम बदली रहने अनुमान गरेको थियो । “हिजोभन्दा आज मौसम खराब हुन्छ भनेर हिजो पनि भनेका थियौँ । आज दिनभरि मौसम खुल्ने सम्भावना न्यून छ,” मौसमविद् मानन्धरले भनिन् ।
खराब मौसमकै कारण आज बिहान पोखराबाट जोमसोमतर्फ जाँदै गरेको जहाज सम्पर्कविहीन बनेको छ । उक्त क्षेत्रमा पनि आज दिनभरि मौसम खुल्ने सम्भावना नरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो र रातिको समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहान पनि जहाज घटना भएको क्षेत्र र सुदूरपश्चिम, भैरहवालगायत तराईका क्षेत्रहरूमा वर्षा भइरहेको देखाएको थियो ।
तीनवटा न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशैभर वर्षा भइरहेको अवस्था हो । यसै पनि मनसुन सिजन सक्रिय हुने समय नजिकिएसँगै त्यसको प्रभाव पनि पर्न गएको विभागले जनाएको छ । मानन्धरका अनुसार मनसुन सिजन जुन ८ देखि मनिटरिङ हुन्छ । नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ । भोलि र पर्सि भने मौसम खुल्दै जाने विभागको पूर्वानुमान छ ।
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]