रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
२० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स पुष्टि: उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह
काठमाण्डौ १४ जेष्ठ । मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० लाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
थप एक सय भन्दा धेरैमा शंकास्पद लक्षण देखिएको छ । मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । यस भाइरसका कारण मानिसको ज्यान नै जाने समस्या नभए पनि छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन डाक्टरहरुको अनुरोध छ ।
डब्लूएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका देशहरूमा थप फैलिन नदिने र नदेखिएका देशहरुमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]