काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
ग्यास बुलेटमा लागेको आगो निभाइएपछि नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

काठमाण्डौ,१३ जेष्ठ । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । ग्यास बुलेटमा आगलागी भएपछि बन्द भएको सडक खण्ड आगो निभाइएपछि दुईतर्फी रूपमा नै सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।
पन्ध्र किलो भन्ने ठाउँमा ग्यास बोकेको बुलेटमा आगलागी भएपछि ग्यास लिकेज भएको हुन सक्ने र जोखिम बढाएको भन्दै सडक बन्द गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगलागीबाट बुलेटको क्याबिन र अगाडिको टायरमा क्षति पुगेकोे छ । बुलेटमा रहेको ग्यास भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
नारायणगढबाट मुग्लिन जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा आज शुक्रवार दिउँसो १ बजेतिर आगलागी भएको थियो । सडक सञ्चालनमा आएसँगै सडकमा रोकिएका गाडी आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]