कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सेवाग्राहीको उच्च चापः राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाण्डौ, १२ जेष्ठ । राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ ।
विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ ।
सरकारको आर्थिक वर्ष २०८९ र८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र सहज रूपमा उपलब्ध गराउने भनिएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि विभागमा सेवाग्राहीको चाप बढेको छ ।
यही चापलाई मध्यनजर गर्दै विभागले आउँदो आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विभाग खुल्ने सूचना जारी गरेको छ । यो समयमा राहदानीको लागि आवेदन दिएकाहरुले विभागमा गएर राहदानी सम्बन्धी सेवा लिन सक्नेछन् ।
यस्तै विभागले, प्रिइनरोलमेन्ट पोर्टल तथा प्रणालीमा देखिएका प्राविधिक समस्याहरूको समाधान हुने गरी सफ्टवेयरमा मेजर अपडेटसमेत गरेको छ । यो अपडेट पश्चात् यसअघि प्रिइनरोलमेन्टमा देखिएका धेरैजसो समस्या समाधान हुने विभागले जनाएको छ । प्रिइनरोलमेन्टको क्रममा केही समस्या भएमा जानकारी गराउन समेत विभागले अनुरोध गरेको छ ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]