कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रेनु दाहालको पहिलो निर्णयः छोरीहरुको जीवन बिमा

चितवन,११ जेष्ठ । भरतपुर महानगरपालिकाले महानगरभित्र जन्मिने छोरीहरुको लागि जीवन बिमा गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित महानगर प्रमुख रेनु दाहालले आज विहान पदभार ग्रहण गर्दै महानगरका सरकारी स्वास्थ्य संस्थामा जन्मिने छोरीका लागि एक लाख रुपैयाँको जीवन बिमा गर्ने निर्णय गरेकी हुन् । यस निर्णय आजकै मितिदेखि लागू हुने दाहालले जानकारी दिइन् । १५ वर्ष पश्चात छोरीहरुले एक लाख रुपैयाँ पाउने छन् ।
महानगरले बीमाको वार्षिक प्रिमियम तीन हजार ३ सयको दरले १५ वर्षमा ५० हजार रुपैयाँ व्यहोर्नेछ । ‘आज हामीले दुई वटा महत्वपूर्ण निर्णय गरेका छौं, यी सबै निर्णयले भरतपुरबासीलाई सहज हुनेमा विश्वास छ’–दाहालले भनिन् ।
महानगरले आर्थिक वर्ष २०७९÷८० भित्रमा एक हजार ७५० बालिकाको जीवन बिमा गर्ने लक्ष्य लिएको छ भने १५ वर्षमा २६ हजार २५० जना लाभान्वित हुने अपेक्षा गरिएको छ । यस्तै महानगरले मासिक ७ हजार लिटर खानेपानी निःशुल्क गर्ने निर्णय गरेको छ । महानगरबासीका विपन्न परिवारलाई लक्षित गरि ७ हजार लिटर खानेपानी खपत गर्नेको रकम महानगरले नै व्यहोर्ने भएको छ ।
सो भन्दा बढी पानी खपत गरे सेवाग्राही आफैले रकम व्यहोर्नुपर्ने हुन्छ । महानगरका अनुसार यस निर्णयले ५२ प्रतिशत उपभोक्ता लाभान्वित हुनेछन् । खानेपानी निःशुल्क गरेपछि महानगरको वार्षिक २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]