Listen Live: 

७ वर्षअघि बलात्कृत भएको भन्दै अर्की युवती बोलिन्, स्कुलका प्रिन्सिपलमाथि आरोप

Radio Chitwan
सोमवार, जेष्ठ ९, २०७९

काठमाडौं, ९ जेष्ठ । एक ब्युटी पेजेन्ट कार्यक्रमको नाममा आयोजकले आफूलाई बलात्कार गरेको भन्दै घटनाको आठ वर्षपछि एक युवतीले सामाजिक संजालमा बोलेलगत्तै अहिले अर्की युवती पनि यसैगरी बोलेकी छिन् । यी युवतीले चाहिँ आफू ७ वर्षअगाडि बलात्कृत भएको र आफूलाई आफ्नो स्कुलका प्रिन्सिपलले नै बलात्कार गरेको बताएकी छिन् ।

७ वर्षअगाडि आफूले इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा ९ कक्षामा पढ्दा सोही स्कुलका प्रिन्सिपल राज खड्काले आफूमाथि पटकपटक बलात्कार गरेको दाबी गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन्। उनले यसअघि इन्स्टाग्राममा यसबारे पोस्ट गर्दा त्यो पोस्ट रिपोर्ट गरिएर इन्स्टाग्रामले हटाइदिएकोले फेरि फेसबुकमा पोस्ट गरेको भनेकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन् – ‘७ वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत थिएन तर अहिले सुस्मिताका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ । घटना वर्षः २०७२/७३ को आसपासको हो।
म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ ।
मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यतिबेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो, (आमाको खातामा नभई उहाँको खातामा पैसा किन पठाउनुभयो भनेर म पछि बताउनेछु) त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो ।

प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लग्यो । उसले मलाई केहि खान भन्यो तर मैले मानिन । म डराईरहेको थिए र मलाई पसिना आइरहेको थियो र उसले मलाई “यता आउ यहाँ गर्मी हुदैन” भन्दै कोठा तिर जान भन्यो। त्यतिबेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो र मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरी मानिन। त्यसपछि उसले मेरो स्कूलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो।

उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याकमेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो। यो क्रम २ बर्ष सम्म जारी रह्यो। बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्यो ।
उसले मलाई बिदामा पनि घर जान दिएन, घर गयो भने मेरो पढाइ खस्किन सक्छ त्यसैले होस्टेलमा बस्नु राम्रो हुने भनी मेरो घरमा भन्यो ।

म माथिको मेरो भनाई स्पष्ट पार्छु। मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण चै छोरी राम्रो पढ्दै छ र उसको लागि घर नजानु नै राम्रो हो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो, त्यहि भरोसाको कारण मेरो बुवाले उसको खातामा पैसा पठाउनु हुन्थिस्यो ।

मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधै होस्टेलमै हुन दिनु, मेरो आमा स्कूलबाट ५ मिनेट टाढा बस्नु हुन्थियो र पनि मलाई प्रिन्सिपलले अस्पताल लैजान दिनु भयो, यो सब फिल्मी जस्तो सुनिन्छ नि होइन तर यो मेरो जीवनको वास्तविक कथा हो।

मैले मेरा साथीहरूलाई भएका हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन्। म बाल्यकालदेखि नै हँकी स्वभाव र बोल्ने खालको थिएँ, त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ। मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भने (उसको त्यतिबेला श्रीमती र एक छोरा थिए), तर उनले पनि मेरो लागि बोलीनन्। मैले स्कुलमा ३ पटक (२ वर्ष भित्र) आत्महत्या गर्ने असफल प्रयास गरे। न म मरे, न मेरो समस्या समाधान भयो।

बलात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु । न्याय पाउने आशा लिएर ७ वर्ष सम्म मै सँग मात्रै रहेको मेरो कथा आज सेयर गर्दैछु ।

आन्य समाचारहरु:-
October 4, 2024
रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु 

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]

September 30, 2024
कालिका मा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]

September 29, 2024
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]

September 28, 2024
पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram