कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव, पम्पहरुमा सवारी साधनको लाइन

काठमाडौं, ९ जेष्ठ । नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबैखाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।
सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरुमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरुको बिक्री प्रभावित भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ । सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘धेरै पम्प बन्द भएपछि खुलेका पम्पहरुमा लाइन लागेका छ, पम्पहरुमा लाइन लगाएर निगम नेतृत्व सरकारलाई दबाव दिन चाहान्छ’ प्रधानले भने ।
निगमका डिपोहरुले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेको र गत शुक्रबार त निकै थोरै मात्रामा इन्धन ब्रिकी गरिएको र आइतबार पम्पहरुलाइ इन्धन नदिइएको प्रधानले बताए । देशैभरका डिपोहरुले यही रणनीति अपनाउँदा देशैभर समस्या देखिएको रिपोर्ट एशोसिएसनमा प्राप्त भएको उनले बताए ।
नेपाल आयल निगमले पनि माग अनुसार इन्धन बिक्री नगर्न भनेको जनाएको छ । झण्डै २० प्रतिशतसम्म इन्धनको बिक्री घटाउन परिपत्र भएको डिपोहरुले जनाएका छन् । शुक्रबारको वितरण सकिको र आइतबार इन्धन वितरण नभएका कारण सोमबार अभाव सिर्जना भएको निगमका साहायक प्रवक्ता पुष्कर कार्कीले बताए ।
‘मूल्य बढ्ने भएकाले हामीले शुक्रबार इन्धन कम वितरण गरेका थियौं,’ कार्कीले भने, ‘आज दिन भरिमा दशै भरको समस्या हल हुन्छ । ’
निगमले केही समय अघि इन्धनको बिक्री पम्पहरुलाई मागे जति नदिन पत्राचार गरेको पनि उनले बताए । महँगोका बेला खपत कम गर्न निगमले यस्तो परिपत्र गरेको कार्काीले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

