रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि, १३ जना निको भए
काठमाडौं, ८ जेष्ठ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
१ हजार ६९६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ६ जना र ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २७७ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९७५ पुगेको छ । साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।
हाल नेपालमा १ सय ४१ जना कोरोनाका संक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत छन् ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]